गुल्मीमा स्मार्ट आमा सम्मान कार्यक्रम, छत्रकोटका १८ जना सम्मानित

गुल्मीमा स्मार्ट आमा सम्मान कार्यक्रम, छत्रकोटका १८ जना सम्मानित
सुन्नुहोस्

गुल्मी : गणतन्त्र दिवसको अवसर पारेर छत्रकोट गाउँपालिका गुल्मीले स्मार्ट आमाहरूलाई सम्मान गरेको छ। पालिकाले निर्धारण गरेका विभिन्न सुचकको आधारमा छनोट भएका ६ वटा वडाका १८ जना आमाहरुलाई सम्मान गरिएको छत्रकोट गाउँपालिकाले जनाएको छ। 

गाउँपालिकाले निर्धारण गरेका स्वास्थ्यका सूचकहरू पूरा गर्ने प्रत्येक वडाका ३/३ जना आमा छनोट गरेर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले जानकारी दिए। गाउँपालिकाले २० वटा सूचकहरूमा १०० अंक राखेको थियो। जसमा प्रत्येक सूचकलाई ५ अंक निर्धारण गरिएको पोखरेलले बताए।

गाउँपालिकाले निर्धारण गरेका सूचकहरूमा कम्तिमा ५६ देखि १०० अंक प्राप्त गर्ने आमाहरू सम्मानका लागि छनोटमा परेको उनले बताए। स्वास्थ्य शाखा प्रमुख पोखरेलका अनुसार नागरिकलाई स्वास्थ्य क्षेत्रमा गुणस्तरीय तथा मैत्रीपूर्ण सेवा प्रवाहका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ। सुनौला हजार दिनका आमाहरूको मनोबल वृद्धि गर्ने र आमा बच्चा दुवैलाई स्वास्थ्य पहुँच दिलाउने हेतुले जिल्लामै पहिलो पटक स्मार्ट आमा सम्मान कार्यक्रमको आयोजना गरिएको पोखरेलले बताए। 

छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा थुप्रै नयाँ र नौला कार्यक्रम संचालन गर्दै आएको छ। स्मार्ट आमाहरूलाई सम्मान, महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानजनक विदाइ तथा निवृत्तिभरण, पूर्ण पोषणमेत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम, पूर्ण संस्थागत प्रस्तुति सुनिश्चितता तथा दिगोपना घोषणा र किशोर किशोरीमैत्री स्वास्थ्य संस्था प्रमाणीकरण कार्यक्रम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले जानकारी दिए। 

स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले स्मार्ट आमा कार्यक्रमलाई जिल्लामै पहिलो र नयाँ भएको बताउँदै उनले छत्रकोट गाउँपालिकाले प्रत्येक वर्ष नयाँ कार्यक्रम संचालन गर्दै आएको बताए। स्मार्ट आमा कार्यक्रम आफैंमा राम्रो भएकाले यसले समाज परिवर्तन तथा स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच पुर्याउन थप टेवा पुग्ने अधिकृत आर्चायले बताए। उनले पछिल्लो समय गाउँपालिकाका वर्थिङ सेन्टरहरू व्यवस्थित भएकाले स्वास्थ्य संस्थामा सुत्केरी गराउन आग्रह गरे। 

गर्भदेखि बच्चा नहुर्किदनसँम्म  बच्चालाई कसरी स्याहार गर्ने भन्ने विषयमा स्मार्ट आमा कार्यक्रमले थप टेवा पुगेको कविता पौडेलले बताइन्। गाउँपालिकाले निर्धारण गरेका सूचक पार गरेर स्मार्ट आमाको रुपमा सम्मानित भएकोमा खुसी व्यक्त गर्दै उनले यो कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिका समक्ष माग राखेकी छन्। त्यस्तै स्मार्ट आमामा सम्मानित भएकी राधिका जिसिले स्मार्ट आमा बन्न पाउँदा हर्षित भएको बताइन्। उनले बच्चाअरूलाई चेकजाँचका लागि धेरै सहज र स्वास्थ्य बारे जानकारी लिने मौका मिलेको बताइन्। गाउँपालिकाले संचालन गरेको स्मार्ट कार्यक्रम मार्फत बच्चाहरूलाई सफाइ गर्ने, पूर्ण खोप लगाउन, सुत्केरी हुँदा स्वास्थ्य संस्थामा चेकजाँचका लागि जानुपर्ने लगायतका विषयमा प्रेरणा प्रदान गरेको रामकला सोमैले सुनाइन्। 

सबै आमाहरूलाई स्मार्ट बन्ने गरी लाग्न छत्रकोट गाउँपालिका उपाध्यक्ष सावित्री ज्ञवालीले आग्रह गरिन्। यो कार्यक्रम पहिलो चरणमै राम्रो देखिएकाले यसको सुनिश्चिततालाई कायम गरी दिगोपना राखिने बताइन्। गाउँपालिकालाई समृद्ध बनाउन स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले यसै वर्षदेखि आमाहरूलाई स्मार्ट बनाउने कार्यक्रमको सुभारम्भ गरेर पालिका अगाडि बढिरहेको गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले बताए। 

गाउँपालिकाले गत वर्षदेखि स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गर्दै आइरहेको बताउँदै अध्यक्ष पाण्डेले गुणस्तरीय सेवा प्रवाहका लागि गाउँपालिकाले भौतिक पूर्वाधारलाई पनि व्यवस्थित बनाउँदै लगिएको दाबी गरे। गुल्मीका १२ स्थानीय तहमध्ये स्मार्ट आमा सम्मान कार्यक्रम संचालन गर्नेमा छत्रकोट गाउँपालिका पहिलो बनेको छ। पूर्ण पोषणमैत्री पालिका घोषणा गर्नेमा छत्रकोट देशभर तस्रो र जिल्लामै पहिलोसमेत बनेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.