नेपाल पर्वतीय देशहरूको नेता बनेको छ : प्रधानमन्त्री

नेपाल पर्वतीय देशहरूको नेता बनेको छ : प्रधानमन्त्री
सुन्नुहोस्

सिन्धुपाल्चोक : लगानी शिखर सम्मेलन, जलवायु सम्मेलन, संयुक्त राष्ट्रसंघका महासचिवको महत्वपूर्ण भ्रमणजस्ता अन्तर्राष्ट्रय महत्वका कार्यक्रमले नेपाल पर्वतीय देशहरूको नेता बनेको प्रधानमन्त्री पुष्पकमल दाहालले बताएका छन्।

सिन्धुपाल्चोकको चौतारामा बुधबार चीन सरकारको सहयोगमा निर्मित चौतारा अस्पतालको अत्याधुनिक भवन उद्‍घाटन गर्न आएका प्रधानमन्त्री दाहालले विश्वले नै नेपालप्रतिको सकारात्मक धारणा व्यक्त गरिरहेको बताए। ‘हामीले गरेको अन्तर्राष्ट्रिय व्यवहार र यहाँका सम्भावनाका कारण विश्व नै नेपालप्रति सकारात्मक छ,' उनले भने, 'जलवायुको मुद्दा, लगानी सम्मेलनजस्ता यावत कार्यले नेपाल पर्वतीय देशहरूको नेता बनेको छ।’

अन्तर्राष्ट्रिय मञ्चहरू नेपालको सहभागिता बिना अपूरो हुने भन्दै विदेशी नियोगहरूले नेपाल सहभागी हुन जोड दिने गरेको उनले बताए। त्यसको श्रेय नेपाली जनता भएको उनको भनाइ छ। ‘अहिले नेपालको आत्मसम्मान अन्तर्राष्ट्रियरूपमा बढेको छ। नेपालले यसलाई कायम राख्नुपर्छ,’ उनले भने। 

अस्पतालको उद्‍घाटन गर्दै प्रधानमन्त्री दाहालले स्वस्थ नागरिक हुनु भनेको स्वास्थ्य राष्ट्र बन्नु भएको बताए। ‘मैले योभन्दा अगाडि यस अस्पताल रिफरल सेन्टरमात्रै भयो भन्ने गुनासो सुनेको थिएँ। अब अत्याधुनिक मेसिनसहितको अस्पताल प्राप्त भएपछि यसले उत्कृष्ट सेवा दिने विश्वास गरेको छु,' उनले भने। सरकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताउँदै उनले यो अस्पतालले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा पूर्णरूपमा गर्न दृढ संकल्पका साथ लाग्नुपर्ने बताए।

नीति कार्यक्रम र बजेटमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने र परिवर्तनलाई अनुभूतिको तहसम्म ल्याइपुर्‍याउने किसिमले संघीय सरकारले रणनीतिक महत्वका कार्यक्रम अघि सारेको बताउँदै प्रधानमन्त्री दाहाले बजेटलाई हुबहु कार्यान्वयनमा लैजान निर्देशन दिए। ‘हामी भोलिबाटै बजेट कार्यान्वयनको खाका बनाउँछौं र साउनबाट हुबहु कार्यान्वयनमा लैजानेछौं। राजनीतिक दलहरूबीच भएको समझदारीका कारण हामीले विकासको खाकालाई नयाँरूपमा ल्याएका हौं,' उनले भने।

व्यवस्थासँगै अवस्था परिवर्तनका लागि सिन्धुपाल्चोकको महत्वपूर्ण भूमिमा रहेको स्मरण गर्दै उनले संकटको बेलामा समेत सिन्धुका समुदायले गरेको अमूल्य सहयोग अतुलनीय रहेको बताए। कार्यक्रममा पूर्व सभामुख अग्निप्रसाद सापकोटा, संघीय सांसद माधव सापकोटा, नेपालका लागि चिनियाँ राजदूत छन् सोङ, बागमती प्रदेशका मन्त्री, सांसद, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य कर्मचारी र स्थानीयहरूको बाक्लो उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.