मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपा नेतृत्वको सरकार

मुख्यमन्त्री यादवले पाएनन् विश्वासको मत, ढल्यो जसपा नेतृत्वको सरकार

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन असफल भएका छन्। बुधबार साँझ प्रदेशसभाको बैठकमा उनले विश्वासको मत पाउन नसकेका हुन्। 

बैठकमा सहभागी १०३ सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो। सभामुख रामचन्द्र मण्डलले उक्त संख्या कूल संख्याको बहुमत नरहेकाले मुख्यमन्त्रीले पेस गरेको प्रस्ताव अस्वीकृत गरेका थिए। यससँगै जनता समाजवादी पार्टी नेतृत्वको सरकार ढलेको छ। २०७४ देखि निरन्तर मधेस सरकारको नेतृत्व गरेको जसपा नेपालको सरकार ढलेको हो।

यससँगै नयाँ सरकार गठन गर्ने बाटो पनि खुलेको छ। केन्द्रीय गठबन्धनले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने तयारी गरेको छ। यसअघि नै जनमत पार्टीले नेकपा माओवादी र नेकपा एमालेसँग सरकार बनाउने विषयमा सहमति गरेको थियो। यद्यपि, उसले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीलाई पनि सरकारमा सहभागी गराउने प्रयास गरेको थियो। एकीकृत समाजवादीले आज विपक्षमा मतदान गरे पनि सरकारमा जाने नजाने विषयमा निर्णय गर्न सकेको छैन।

यता ठाकुर नेतृत्वको लोसपाले भने आज मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए। यादवलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.