अस्पतालको शय्याबाट दाईको अपिल : पैसा नहुदाँ भाइको उपचार गर्न सकिएन, सहयोग गरिदिनुस्

अस्पतालको शय्याबाट दाईको अपिल : पैसा नहुदाँ भाइको उपचार गर्न सकिएन, सहयोग गरिदिनुस्

वीरगन्ज : क्यान्सर रोगबाट ग्रसित भई अस्पतालको आइसियुमा उपचाररत वीरगन्ज महानगरपालिका-१० घडिअर्वाका एक युवकको उपचारमा आर्थिक सहयोग गरिदिन उनका परिवारले सार्वजनिक अपिल गरेका छन्।

घडिअर्वाका २५ वर्षीय युवक मुख्तार मियाँ तेली चितवनको भरतपुरस्थित क्यान्सर अस्पतालमा विगत ५ दिन पहिले भर्ना आईसियुमा उपचाररत छन्। तेलीको घरको आर्थिक अवस्था निक्कै दयनीय छ। जसका कारण उनको उपचार खर्च जुटाउन नसक्दा उपचारमै समस्या भइरहेको परिवारजनले बताएका छन्।  

तेलीका दाई समेत रहेका वीरगन्जका सक्रिय पत्रकार जाकिर हुसेनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा अस्पतालको शय्यामा रहेका तेलीको तस्बिर सहितको फोटो राखेर उपचारका लागि आर्थिक सहयोग गरिदिन सार्वजनिक अपिल गरेका हुन्।

आर्थिक सहयोग गर्न चाहने इच्छुकले जाकिर मियाँ तेलीको ग्लोबल बैंकमा रहेको खाता नम्बर ११०७०१००१८२१४ मा रकम जम्मा गर्न सक्ने वा मोबाइल नम्बर ९८१२२२००३८ मा फोन गरेर सम्पर्क गर्न सकिने जाकिरले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.