अत्यधिक गर्मीले कक्षाकोठामै विद्यार्थी बेहोस

अत्यधिक गर्मीले कक्षाकोठामै विद्यार्थी बेहोस
तुलसीपुर उपमहानगरपालिकाको अमर माविमा गर्मीले कक्षामै बेहोस भएका विद्यार्थी ।

दाङ/वीरगन्ज/सिन्धुली : अत्यधिक गर्मीका कारण दाङको तुलसीपुरमा रहेको एक विद्यालयका विद्यार्थी बेहोस भएका छन्।

तुलसीपुर उपमहानगरपालिका–११ मा रहेको अमर माध्यमिक विद्यालय उरहरीमा पढ्ने ७ जना विद्यार्थी गर्मीका कारण बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए। बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए। गर्मीका कारण दिनहुँँजसो विद्यार्थी बेहोस हुँदै आएकाले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन उनले आग्रह गरेका छन्।

दाङका विद्यालयमा दुई दिन बिदा

दाङको तुलसीपुर र घोराही उपमहानगरपालिकामा रहेका विद्यालयहरू दुई दिन बन्द गरिएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थी कक्षाकोठामै बेहोस हुन थालेपछि पालिकाहरूले दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

केही दिनदेखि अत्यधिक तापक्रम बढेको र जसका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि जेठ ३१ र ३२ गते दुईदिन पालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको घोराही उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिए। यसैगरी तुलसीपुर महानगरपालिकाले पनि जेठ ३१ र ३२ गतेका लागि सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ।

वीरगन्जमा पनि ३ दिन बिदा
तरार्ई–मधेसमा केही दिनयता गर्मी अत्यधिक बढेर जनजीवन अस्तव्यस्त भएपछि वीरगन्ज महानगरपालिकाले शिक्षण संस्थाहरूमा फेरि तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरेको छ। 

बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको भन्दै वीरगन्ज महानगरपालिकाले जेठ ३१ गतेदेखि असार २ गतेसम्म महानगरमा रहेका सबै सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। यसअघि महानगरपालिकाले यही जेठ १६ देखि १८ गतेसम्म पनि विद्यालयहरूमा गर्मी बिदा दिएको थियो। 

बुधबार वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृकाप्रसाद भट्टराईले एक सूचना जारी गर्दै हाल गर्मी बढिरहेको र अबका केही दिन अझ गर्मी बढ्ने मौसम विभागको पूर्वानुमान हेरेर विद्यालयहरूमा जेठ ३१ देखि असार २ गतेसम्मका लागि गर्मी बिदा दिने निर्णय गरिएको जनाए।  

कमलामाईका विद्यालय १ साता बन्द
अत्यधिक गर्मी बढेपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालयहरू एक साताका लागि बन्द गर्ने निर्णय गरिएको छ। गर्मीले पठनपाठनमै समस्या देखिन थालेपछि नगरपालिकाले बिहीबारदेखि आगामी असार ५ गतेसम्म नगरका सामुदायिक र संस्थागत विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको हो।

 कमलामाई नगरपालिकाकी कार्यबाहक नगर प्रमुख मन्जु देवकोटाका अनुसार नगरका मन्टेश्वरी, पूर्वप्राथमिकसमेत सामुदायिक र संस्थागत विद्यालयहरू बिहीबारदेखि आगामी बुधबारसम्म बन्द गरिने छ। कमलामाई नगरपालिकामा ८४ वटा सामुदायिक र २४ वटा संस्थागत विद्यालयहरू छन्।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.