आजको विकासको भोक मेट्न अन्धाधुन्ध विनाश नगरौं : विश्वप्रकाश शर्मा

आजको विकासको भोक मेट्न अन्धाधुन्ध विनाश नगरौं : विश्वप्रकाश शर्मा
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा बेहोर्नुपर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले अन्धाधुन्ध विनाश नियन्त्रण गर्नुपर्ने धारणा राखेका हुन्।

‘आजको विकासको भोक मेट्न भोलिको पुस्ताले प्रकृतिको तिर्खा बेहोर्नुपर्ने ढंगले अन्धाधुन्ध विनाश नियन्त्रण गरौँ।’ सांसद शर्माले भने,‘सम्माननीय सभामुख महोदयमार्फत म सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउँछु।’

उनले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्युनीकरणसम्बन्धी संशोधित ऐन, २०७५ बमोजिम व्यवस्थित गर्नसमेत सरकारको ध्यानाकर्षण गराए।

 उनले बाढी, पहिरो पछि बैठकमा नभई उद्धारमा जुट्नुपर्ने बताए।

‘वर्षाको समयमा हाम्रो देशमा तीनवटा दृश्य देखिने गरेको छ। पहिलो बाढी पहिरो, दोस्रो आपतकालीन बैठकहरू, तेस्रो दलहरूको वक्तव्य अनि संसद्‌मा सांसदहरूको ध्यानाकर्षण। यसपालि दृश्य बदलौँ। ध्यानाकर्षणका लागि बाढी नकुरौँ। बाढीपछि बैठक होइन, उद्धारमा जुटौँ।’ उनले भने,‘जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपले ग्रसित छ। अतः भूगर्भविद्हरुले औंल्याएका पहिरोको जोखिम बस्तीहरु स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राखौँ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.