सुन तस्करीमा संलग्न छुटाइदिने भन्दै ८ लाख ५० हजार असुली, २ जना पक्राउ
काठमाडौं : सुन तस्करी तथा हुन्डी कारोबारमा संलग्नलाई छुटाइदिने भन्दै रकम असुल्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले मुद्दा मिलाइदिन्छु भन्दै रकम लिने अर्घाखाचीको छत्रदेव गाउँपालिका-५ घर भई हाल तारकेश्वर बस्ने ६३ वर्षीय कृष्णप्रसाद शर्मा (केपी) र रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका ४३ वर्षीय झविन्द्र खत्रीलाई शुक्रबार पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए।
उनीहरुले पेवेल नेपालका कर्मचारी लगायतका व्यक्तिसँग पैसा लिएका थिए। उनीहरुले नेपालमा सुन किन्नेसँग पैसा लिने र विदेशबाट आउने रेमिटेन्स सुन तस्करी गर्ने गिरोहका सदस्यलाई दिने गरेको अनुसन्धानले देखाएको प्रहरीको भनाई छ।
प्रहरीले अनुसन्धानमा रहेका मुद्दा मिलाइदिन्छु भनि कसैले ठगी गरेमा जाहेरी दिन अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !