किशोरीहरू असुरक्षित भए, छाउगोठ होइन कुसंस्कारको अन्त्य गरौं : आरजु


काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद डा.आरजु राणा देउवाले सुरक्षित महिनावारीसम्बन्धी जनचेतामूलक अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा अछाममा छाउगोठमा बसेकी १६ वर्षीया किशोरी बलात्कार भएको घटनाको स्मरण गराउँदै सांसद राणाले महिनावारीसम्बन्धी स्कुलदेखि नै जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्ने बताएकी हुन्।

उनले छाउगोठ भत्किए पनि कुरीति कायम रहेको भन्दै जनचेतामूलक अभियान चलाएर कूसंस्कारको अन्त्य गर्नुपर्ने बताइन्। उनले दूर्गम क्षेत्रमा महिनाबारी भएका बेला छाउगोठमा बसेका महिला बलात्कृत हुने,जीवजन्तुको आक्रमणबाट अकालमा ज्यान गुमाउनुपरेका घटना दिनप्रतिदिन बढ्दै जानु चिन्ताको विषय बताइन्।

'अछाममा असार ३ गते एकजना किशोरीको बलात्कार गरियो। यस्ता घटनाहरू घट्नेक्रम अझैं पनि हाम्रो देशमा रोकिएको छैन। सरकारले २०७५ देखि २०७८  सालको बीचमा ७ हजार ५ सय ४५ वटा छाउगोठ भत्काए पनि यो कूरीरित अझै पनि चलिरहेको छ,'उनले भनिन्,'नेपाल सरकारलाई यसविरुद्धमा व्यापक अभियान चलाएर गोठ भत्काउने मात्रै होइन जनचेतनामूलक अभियान सञ्चालन गर्न स्कुलदेखि नै महिनावारीको बारेमा चलाउन अनुरोध गर्दछु।'

उनले संघीय संसदका आन्दोलित कर्मचारीहरूको माग सम्बोधन गर्न समेत आग्रह गरिन् ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.