नहरमा डुबेर विद्यार्थीको मृत्यु
![नहरमा डुबेर विद्यार्थीको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
नुवाकोट : देवीघाट जलविद्युत केन्द्रका लागि ल्याइएको पानीको नहरमा डुबेर विद्यार्थीको मृत्यु भएको छ। विदुर नगरपालिका-१२ गौरीवेशीस्थित महेन्द्र माविमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीय सन्देश अधिकारीको मृत्यु भएको हो।
साथीहरूसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रधानाध्यापक तारा श्रेष्ठले बताए। विद्यार्थीको शव पोष्टमार्टमका लागि त्रिशूली अस्पतालमा राखिएको छ। नुवाकोट प्रहरीले घटनाका सम्बन्धमा विशेष रुपमा अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)