बालेनको 'तवरतरिका'बाट सुनिता डंगोल असन्तुष्ट, भनिन्- पदको मर्यादामा बसेर अभिव्यक्ति दिनुपर्छ

बालेनको 'तवरतरिका'बाट सुनिता डंगोल असन्तुष्ट, भनिन्- पदको मर्यादामा बसेर अभिव्यक्ति दिनुपर्छ

काठमाडौं : काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले पदको मर्यादा राखेर अभिव्यक्ति दिन आग्रह गरेका छन्। उनले महानगर प्रमुख बालेन्द्र शाह (बालेन)लाई लक्षित गर्दै जथाभाबी अभिव्यक्ति दिँदा समाज र राजनीतिमा अराजकता फैलिने बताइन्।

'पदमा बसिसकेपछि पदको मर्यादमा बसेर अभिव्यक्ति दिनुपर्छ। जथाभाबी बोल्ने हो भने त्यसले समाज र राजनीतिमा अराजकता फैलाउँछ,' उनले भनिन्। उनले सिंहदरबारमा जलाउने अभिव्यक्ति मात्र होइन, महानगरको दरबार जालाउने अभिव्यक्ति दिनु पनि राम्रो नभएको बताइन्। 'जलाउने, बिगार्ने, भत्काउने, दुःख दिने, झगडा गर्ने बाटोमा हामी नलागौं। हामी सबैले सबैको अस्तीत्व स्वीकार्नुपर्छ। नस्वीकार्ने हो भने त्यसले विकास होइन, विनासतर्फ लान्छ,' उनले भनिन्।

उनले नेताहरूलाई गाली गर्दैमा समस्या समाधान नहुने बताइन्। सबै समस्याको समाधान संबादबाटै उनको भनाइ छ। 'कहिले कुन नेतालाई गाली गर्ने, कहिले साथीभाइलाई गाली गर्ने कुरा राम्रो होइन। मतभेद भयो भने संबादबाट समाधान खोज्नुपर्छ,' उनले भनिन्।

उपप्रमुख डंगोलले न्युरोड, कलंकी, हाडीगाउँ, पशुपती, र तिनकुने केसमा संबादबाटै हल खोज्न सकिनेतर्फ प्रमुख बालेनको ध्यानाकर्षण गराइन्। 'मैले भनेजस्तो भयो भने मेरो जित भयो, अर्कोको हार भयो भनेर लाग्नु स्थानीय सरकार र संविधानको विरुद्धमा हुन्छ,' उनले भनिन्। फिल्डमा गएर एउटा जनप्रतिनिधिले अर्को जनप्रतिनिधिबीच नभिड्न पनि उनले आग्रह गरिन्। 

उनले काठमाडौं महानगरपालिका युवा राजनीतिलाई उदाहरण दिइरहेकाले त्यसको जिम्मेवारी निभाउन बालेनलाई आग्रह गरिन्। 'युवा भनेको के हो र राजनीतिमा युवा आउने उदाहरण हामीले दिइरहेका छौं। प्रमुखज्युलाई विशेष आग्रह गर्न चाहन्छु, तपाईँ हामी बोल्ने हरेक कुराले संसारभरिका युवालाई प्रेरणा दिइरहेको हुन्छ। अभिव्यक्ति बन्नलाई महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ। तपाईँ, मजस्ता राजनीतिक व्यक्तिले व्यक्तिभन्दा माथि उठ्नैपर्छ,' उनले भनिन्।

उनले हरेक व्यक्तिको मत फरक हुने भन्दै त्यसमा विवाद नगर्न पनि आग्रह गरिन्। 'यो संसद होइन। यहाँ सरकार पक्ष र प्रतिपक्ष छैन। हामी सबै सरकार पक्ष हौं। हाम्रो उद्देश्य नै काठमाडौं महानगरपालिका बनाउने हो,' उनले भनिन्, 'केही कुरामा ध्रुवीकरण हुन खोज्या हो कि जस्तो लाग्यो। यो राम्रो संकेत होइन। हरेक व्यक्तिको फरक मत हुन्छ। फरक मत राख्नै नपाउने भन्ने हुँदैन। फरक मत राख्ने वित्तिकै विद्रोह गरे भनेर उपमा दिन पनि जरुरी छैन। फरक मतको सम्मान नगर्ने हो भने तिक्तता बढ्छ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.