भारत पढ्न जाने विद्यार्थीलाई एनओसी अनिवार्य गरौं : रघुजी पन्त

भारत पढ्न जाने विद्यार्थीलाई एनओसी अनिवार्य गरौं : रघुजी पन्त

काठमाडौं : भारत पढ्न जाने विद्यार्थीहरूलाई नो अब्जेक्सन लेटर( एनओसी) अनिवार्य गर्न सांसदहरूले माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एमालेका सांसद रघुजी पन्तले विद्यार्थीको सुरक्षाका लागि पनि एनओसी अनिवार्य गर्नुपर्ने बताए।

'जसरी अरू देश पढ्न जाने विद्यार्थीलाई एनओसी आवश्यक हुन्छ। यसैगरी भारत पढ्न जाने प्रत्येक विद्यार्थीलाई पनि एनओसी अनिवार्य गरिनुपर्छ,'उनले भने। उनले प्रकृति लम्सालको मृत्युपछि नेपाल फर्किएका विद्यार्थीलाई भारतमा पढ्ने वातावरण तत्काल बनाउनुपर्नेमा जोड दिए। 

सांसद पन्तले विद्यार्थीहरूलाई भारत फर्काउन सरकारले के-कस्तो काम गरिरहेको छ यसबारे सम्बन्धित मन्त्रीले संसदमा जानकारी गराउन समेत माग गरे। 'प्रकृति लम्सालको मृत्युपछि   विभिन्न नाकाबाट पाँचसय विद्यार्थीहरू फर्किसकेका छन्। उनीहरू आतंकित छन्। ती सबैको भ्याइस रेकर्ड पनि सुन्यौं। उनीहरूमाथि जुन प्रकारको आक्रमण भयो त्यो कुनै शैक्षिक संस्थामा हुनुपर्ने कुरा होइन।  उनीहरू फर्किने मनस्थितिमा छैनन्।  फर्किएका  विद्यार्थीहरूका लागि पढ्नका लागि शैक्षिक वातावरण बनाउन नेपाल सरकारले ठोस काम गर्नुपर्ने देखिन्छ। ती विद्यार्थीहरूलाई फर्काउन सरकारले केकस्तो पहल गरिरहेको छ,'उनले भने,' यसबारे सम्बन्धित मन्त्रीले जवाफ दिनुपर्छ।'

उनले त्यहाँको विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको ज्यादती र नेपाललाई होच्याउने काम आफैमा निन्दनीय भएको बताए। विद्यार्थीहरूलाई विदेश पलायनबाट रोक्न स्वदेशैमा गुणस्तरीय शिक्षाको व्यवस्था गर्न समेत माग गरे।

 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.