मोरङको रतुवामाईमा घरनजिक जमेको पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु
![मोरङको रतुवामाईमा घरनजिक जमेको पानीमा डुबेर २ वर्षीय बालकको मृत्यु](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
विराटनगर : मोरङको रतुवामाईमा घरनजिक जमेको पानीमा डुबेर बुधबार बिहान एक जना नाबालकको मृत्यु भएको छ । रतुवामाई नगरपालिका–५ का नुर मोहमदका २ वर्षीय छोरा मोहमद मुसाहाको मृत्यु भएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार खेल्ने क्रममा डुबेर नाबालकको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
एकाबिहानै घरबाट नाबालक हराएपछि अभिभावकले खोजी सुरु गरेका थिए । खोजी गर्ने क्रममा डुबेर मृत्यु भएको अवस्थामा बिहान ७ बजेतिर शव फेला परेको हो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय सिजुवाका इन्सपेक्टर दीपक खरेल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ ।
कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको अनुसन्धान सुरु गरिने प्रहरीले जनाएको छ । निरन्तरको वर्षासँगै रतुवामाईका अधिकांश स्थान जलमग्न बनेको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)