गुल्मीमा ट्याक्टर दुर्घटना, छ वर्षीय बालकको मृत्यु

गुल्मीमा ट्याक्टर दुर्घटना, छ वर्षीय बालकको मृत्यु

गुल्मी : गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको रेसुङ्गा नगरपालिका-४ छल्दीबाट सदरमुकाम तम्घास आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्याक्टर रायढुङ्गामा दुर्घटना भएको हो।

ट्याक्टर दुर्घटना हुँदा गुल्मीको मालिका गाउँपालिका वडानम्बर २ का ६ वर्षीय शिव बिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि गुल्मी अस्पतालमा ल्याइएको थियो। उनलाई उपचारको क्रममा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा परेर २६ वर्षीय चालक दिपक गोतामे र सहचालक १९ वर्षीय राजकुमार बिक गम्भीर घाइते भएका छन्। चालक गोतामे धुर्कोट गाउँपालिक-५ बस्तुका हुन् भने सहचालक बाग्लुङ्गको वडिगाड गाउँपालिका घर भइ हाल जिल्ला गुल्मी रेसुङ्गा नगरपालिका वडानम्बर ९ उपल्लो तम्घासमा बस्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार मृतक बालक टिकाराम बिकका छोरा हुन्। बालकको सहचालकसँग दाजुको नाता पर्ने भएकोले बिगत ३ दिनदेखि तम्घासमा बस्दै आएका थिए। मृतक बिक दाजुसङ्ग ट्याक्टरमा सवार रहेको प्रहरीले जनाएको छ।

घाइतेलाई थप उपचारको लागि लुम्बिनी मेडिकल कलेज पाल्पा प्रभासमा पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। ट्याक्टर तम्घास/सिमलटारी पक्की सडकबाट ६०/७० मिटर तल खसेको छ। घटना बारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.