रौतहटमा बस दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते
![रौतहटमा बस दुर्घटना : एक जनाको मृत्यु, ८ घाइते](https://annapurnapost.prixacdn.net/media/albums/accident_xTj67Odh9B_PrAs9KiPKr.jpg)
रौतहट : गौर चन्द्रपुर सडक खण्ड अन्तरगत गरुडा नपाको सखुवा र जयनगरको बीचमा शनिबार बिहान बस दुर्घटना भएको छ । ना ७ ख ८४१४ नम्बरको बस दुर्घटना हुँदा एक जना युवतीको ज्यान गएको छ।
बस दुर्घटनामा माधवनारायण नगरपालिका वडा नम्बर ३ भेल्हीकी १८ वर्षीया नेहा कुमारी गिरीको मृत्यु भएको हो। दुर्घटनामा एक जना गम्भीरघाइते र सात जना सामान्य घाइते भएका जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
गौरबाट भैरहवातर्फ गइरहेको बस गौर चन्द्रपुर सडक खण्ड अन्तर्गत पर्ने गरुडा नगरपालिका वडा नम्वर १ स्थित जयनगर चोकमा शनिबार बिहान करिब ८ बजे अनियन्त्रित भइ दुर्घटना भएको रर
बस चालक फरार रहेको हुँदा खोजी भइरहेको तथा दुर्घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपि गिरीले जानकारी दिएकी छिन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)