‘हामीसँग मिलेर काम गर्न एमाले तयार छैन’

ओलीलाई संकेत गर्दै नेपालको टिप्पणी : हिजो संसद् विघटन गर्नु ठिक भन्नेले भोलि पनि गर्न सक्छन्

ओलीलाई संकेत गर्दै नेपालको टिप्पणी : हिजो संसद् विघटन गर्नु ठिक भन्नेले भोलि पनि गर्न सक्छन्
तस्बिर : रासस

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुन: संसद् विघटन गर्न सक्ने भन्दै आक्रोश व्यक्त गरेका छन्। एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले प्रधानमन्त्री प्रचण्डलाई हिजो विघटन गरेर ठीक गरियो भन्नेले भोलि फेरि विघटन गरिदेलान् ख्याल गर्न आग्रह गरेका हुन्।  

उनले भने,‘अहिले विघटन गर्ने आवश्यकता छैन, हामी पनि छौं संख्या कम भयो भनेर आत्तिनुपर्दैन।’

उनले ओलीतर्फ संकेत गर्दै विद्रोह नगरेको भए कि राजनीतिबाट पलायन हुनुपर्ने अवस्था आएको धारणा राखे उनले पार्टी निर्माण गरेर कार्यकर्ता रक्षा गरेको समयमा नै विद्रोहको पुष्टि भएको बताए। ‘हिजो संसद विघटन गरेर ठिक गरियो भन्नेहरुले भोलि पनि विघटन गर्न सक्छन्।’ नेपालले भने,‘विद्रोह त त्यहि बेला पुष्टि भएको थियो, जुन दिन संविधानलाई समाप्त पार्न खोजिएको थियो त्यो विफल पारेका थियौं। विद्रोह त त्यहि बेला पुष्टि भएको थियो, पार्टी निर्माण गरेर कार्यकर्ता रक्षा गरेका थियौं। विद्रोह नगरेको भए हामी सबै समाप्त हुने थियौं। कि राजनीतिबाट पलायन हुनुपर्थ्यो कि आत्मसमर्पण गर्नुपर्ने अवस्था आउने थियो।’ 

एकीकृत समाजवादीमा नेता र कार्यकर्ताको कमि नभएको दाबी गरे। ‘यो पार्टीमा नेता र कार्यकर्ताको कमि छैन। अधिकांश पालिकामा हामी पुगेका छौं। निकै अनुभवि नेता र कार्यकर्ता हामीसँग छन्। ठाउँ ठाउँमा पार्टीको लहर चलेको छ। निराश हुने कुरा गर्नुपर्दैन।’ 

उनले विचार मिल्नेसँग एकताको आधार बनाउँदै जाने दाबी गरे। एमालेलाई लक्षित गर्दै नेपालले आफूहरुसँग मिलेर काम गर्न एमाले तयार नभएको टिप्पणी गरे। नेपाल समाजवादी मोर्चामार्फत नेपालले एमाले समाजवादी मोर्चामा आउन नचाहेपनि अन्य मिले मोर्चा चलाएको बताए।  

नेपालले पार्टी बलियो कसैले पुछ्ने वाला नभएको बताए। पार्टी बलियो बनाउन सहि विचार र दृष्टिकोणका साथ अगाडि बढ्नुपर्ने उनको भनाई छ।

एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनलाई १० औं महाधिवेशनका रूपमा दाबी गरेको छ। एमालेले लामो समयसम्म एकीकृत समाजवादीलाई दलको रुपमा समेत स्वीकार गरेको थिएन। एमालेबाट विभाजन भएको र एमालेलाई दस्तावेजमा प्रमुख शत्रु किटान गरेको भन्दै आजको कार्यक्रममा समेत एमालेबाट कोही प्रतिनिधि सहभागी भएनन्। 

नेपालको नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)ले २०७८ साल भदौ ९ गते दल दर्ताको प्रमाणपत्र पाएको हो।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.