विमानस्थलभित्र कार दुर्घटना, एकजना घाइते

विमानस्थलभित्र कार दुर्घटना, एकजना घाइते
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र कार दुर्घटना हुँदा चालक घाइते भएकी छन्। मंगलबार बिहान  साढे ५ बजेतिर विमानस्थलको पार्किङमा रोकिराखेको कारमा अर्को कारले ठक्कर दिंदा दुर्घटना भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिए।

दुर्घटनामा कार चालक काठमाडौंकी ५७ वर्षीया विद्यामाली प्रधान घाइते भएकी छन्। उनको दुबै खुट्टामा चोट लागेको प्रवक्ता श्रेष्ठले बताए।

विमानस्थलमा मान्छे छाडेर आएको बा ०१०२७ च १५९० नम्बरको निजी कारले पार्किङमा रोकिराखेको बा ५ ६ ७२७५ नम्बरको कारलाई पछाडि ठक्कर दिएको थियो। त्यसपछि गाडी अनियन्त्रित भएर केही पर पुगेर पर्खालमा ठोकिएको थियो।    


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.