बिमाको रकम ठगी गर्न आफ्नै पसल लुटपाटको नाटक

बिमाको रकम ठगी गर्न आफ्नै पसल लुटपाटको नाटक
सुन्नुहोस्

चितवन : असार १ गते पूर्वी चितवनको खोलेसिमल बजारमा रहेको विनोद सुनचाँदी पसल लुटपाट हुन्छ। राति साढे ८ बजे नम्बर नखुलेको मोटरसाइकलमा दुई व्यक्ति आउँछन्।

कालिका नगरपालिका–६ स्थित उक्त पसलभित्र व्यवस्थापक विजय विश्वकर्मा र पसलमा रहेका बापीधर गौतम हुन्छन्। मोटरसाइकलमा आएका व्यक्तिले खुकुरी देखाएर त्रसित बनाउँदै सुनचाँदी डकैती गर्छन्। 

त्यसबेलासम्म वरिपरिका कसैले पनि घटनाबारे थाहा पाउँदैनन्। हरेक महिनाको १ गते खोलेसिमलको बजार बन्द हुने नियम छ। उनले त्यसदिन पसल खुलेका थिए। लुटेराले डर धाकधम्की त्रास देखाएर पसलको २ करोड १७ लाख ५४ हजार ४ सय १५ रुपैयाँ बराबरको सुनचाँदी र पिहराको गहना लुटेर लान्छन्। छिनभरमै पसल रित्तो हुन्छ। त्यसपछि सञ्चालकले हारगुहार गरेर प्रोपोगान्डा मच्चाउँछन्। 

झट्ट सुन्दा फिल्मको कहानी लाग्ने यो घटनाको परिकल्पनाकार सोही पसलका सञ्चालक हुन्। यो घटना करिब १८ दिनसम्म सनसनी बन्यो। खोलेसिमल बजार व्यवस्थापनको निर्णयअनुसार हरेक महिनाको १ गते पसल बन्द हुने दिन सुन पसल खुला थियो। सामान्यतया ६ बजे बन्द हुने दिन सुन पसल त्यसदिन राति साढे आठ बजेसम्म खुला थियो। प्रहरीले अनुसन्धानको थालनी यहीबाट सुरु गर्‍यो।  

पसलका कामदारसहित घटनामा सहभागी भएको प्रहरीले पत्ता लगाउनबेर लागेन।  आफ्नै योजनामा आफ्नै पसल लुटाएको नाटक गरेर सुनचाँदी लुकाएका विनोद  पसल लुटेको नाटक मञ्चन गरेर प्रहरी सामु पुगेका थिए। उनै सञ्चालक प्रहरीको अनुसन्धानबाट उम्किन पाएनन्। १८ औं दिनमा मुख्य योजनाकार विनोद विश्वकर्माले नाटकीय ढंगबाट पात्र खटाएर आफैं पसल लुटेको तथ्य फेला पारेको हो।  

लुटपाट भएको भनिएको गहना केही दिनमै बरामद गरेको थियो। सुनचाँदी पसल लुटपाटको घटनाले जिल्लाकै शान्ति सुरक्षामा प्रश्न उठ्नु स्वाभाविक थियो। लुटपाट भएको घटना देखाएर बिमा दाबी गर्न यो घटना रचेका थिए। उनले २ करोड २० लाखको बिमा गरेका थिए। यसका लागि लुटपाटको नाटक गर्नेलाई ५० हजार दिएका थिए। घटनाको अनुसन्धानका लागि सीआईबीको टोली चितवन आएको थियो। प्रहरीले यो अनुसन्धानलाई अप्रेसन धनानन्दको नाम दिएको थियो। ‘घटनाको प्रकृति हेर्दा हामी  अति बढी संवेदनशील र अलि बढी शंकास्पद कुरा पनि थिए। सीआईबीको टोली सहितले घटनाको पत्ता लागेको हो,’ चितवन प्रहरी प्रमुख एसपी भावेश रिमालले भने, ‘बजार बन्द भएको दिन पसल खुल्नु, ६ बजे बन्द हुने सुन पसल राति साढे आठ बजेसम्म बन्द नभएको कारणबाटै घटना सुरुदेखि नै सञ्चालक शंकाको घेरामा थिए। यसमा हामी निचोडमा पुग्न सक्यौ।’ 

पसलका सञ्चालक कालिका ६ का ३५ वर्षय सुनुवार, व्यवस्थापक कालिका ७ का विजय विश्वकर्मा पक्राउ परेका छन्। मोटरसाइकलमा गएर लुटेको नाटक गर्ने  तनहुँ म्याग्दी गाउँपालिका ७ का ५० वर्षीय पूर्णबहादुर विश्वकर्मा र बाराको बारागढी नगरपालिका ४ का १८ वर्षीय पवनकुमार पासवान पक्राउ परे। त्यस्तै चोरी गरेर धनमाल लुकाउन सहयोग गर्ने कालिका ६ कै अञ्जना पुडासैनी केसी पक्राउ परेका छन्। प्रहरीले चितवन जिल्ला अदालतबाट सात दिनको अनुमति लिएर अनुसन्धान अघि बढाएको छ। 

आफूले लिएको ऋण नतिर्न चोरी भएको देखाएर जालसाझी गरेर सञ्चालक विनोद सुनारले आफैंले सुन लुकाएर चोरी भएको उजुरी दिएका थिए। उजुरी गर्ने सञ्चालक नै प्रहरीको नजरमा परे। उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शंका लागेपछि प्रहरीले शंकास्पद देखिएपछि सञ्चालक प्रहरीको निगरानीमा थिए। उनीसहित ५ जना पक्राउ परेका छन्।

सञ्चालक विश्वकर्माकी साथी रहेकी अन्जना पुडासैनीको घरबाट सुन बरामद गरिएको हो। ‘साँझको बेला घटना ठूलो लुटपाटको घटना हुनु भनेको संवेदनशील त हुन्छ नै। तर हामी सुरुबाटै यस्तो खालको घटना हुनै सक्दैन भन्नेमा हामी यकिन थियौं,’  एसपी रिमालले भने,‘विमालाई झुक्काउने नियत रहेछ। सीआईबी प्राविधिक रूपमा फास्ट हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.