एसईईमा डडेल्धुराका ८ विद्यालय निल

एसईईमा डडेल्धुराका ८ विद्यालय निल
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा  : माध्यमिक शिक्षा परीक्षा (एसइई)मा डडेल्धुराका आठ विद्यालयको नतिजा शून्य आएको छ।  डडेल्धुराबाट ७० विद्यालय परीक्षामा सहभागी भएका मध्ये नमुना विद्यालय समेत गरी ८ वटाको नतिजा शून्य आएको हो।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको एसईईको नतिजामा जिल्लाका आठवटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो । परशुराम नगरपालिकाको भागेश्वर, कैलपाल र शिवपार्वती मावि, भागेश्वर गाउँपालिकाको कैलपाल मावि,अजयमेरु गाउँपालिकाको नमुना बालकल्याण मावि पुइलेक, गन्यापधुरा गाउँपालिकाको सिताराम मावि,नवदुर्गाको भुवनेश्वरी र अमरगढी नगरपालिकाको महेन्द्र मावि(खुला)को नतिजा गरि ८ वटा विद्यालयको नतिजा एनजी छ ।

तर, महेन्द्र माविको साधारणतर्फ ८८ मध्ये २७ जना र प्राविधिकतर्फ ४८ मध्ये ४१ विद्यार्थी उत्तीर्ण भएका छन् । विद्यालयको गुणस्तर सुधारभन्दा भौतिक संरचना सुधारमा मात्रै लाग्दा पढाइको परिणा कमजोर हुन आएको अभिभावकको आरोप छ । 

एसईईको नतिजा प्रकाशितपछि भने अभिभावक र शिक्षकहरू भने चिन्तित देखिन्छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.