आगलागीबाट गुल्मीमा एक घर जल्यो

आगलागीबाट गुल्मीमा एक घर जल्यो
सुन्नुहोस्

गुल्मी : गुल्मीको मालिका गाउँपालिका - ७ घमिर सिलादीको एउटा घरमा शनिबार राति आगलागी भएको छ । आगोले स्थानीय गोठी सुनारको घर जलेको हो । राती एक्कासि घर जल्दा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सुनारको ढुङ्गा, माटो र खरको छानो भएको २ तले कच्ची घरमा  राति १०:३० बजेतिर आगोलागी भएको हो । आगलागी घटनाको खबर पाएपछि  मर्भुङ्ग प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपक शाहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।

आगलागीबाट घर पूर्वरूपमा क्षति भएको छ भने घरभित्र राखिएको अन्नपात, काठ दाउरा, लत्ताकपडा, नागरिकता, लालपुर्जा र  नगद ३० हजार जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक पोखरेलका अनुसार घटनामा मानवीय र चौपाया क्षति भएको छैन । घमिर सिलादीमा १६ घरपरिवार सुकुमबासी लामो समयदेखि बस्दै आएका छन् । सुनार पनि सुकुमबासी हुन् । उनी घरमा एक्लै बस्दै आएकी थिइन् । 

घर जलेर पुर्ण क्षति भएपछि सुनार छोराको घरमा बसेकी छन् । केही दिन यता लगातार भइरहेको अविरल वर्षाका कारण आगोले ठूलो क्षतिबाट बस्ती नै बचेको स्थानीयको भनाइ छ ।आगलागी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.