कर्णाली राजमार्ग अझै खुलेन

कर्णाली राजमार्ग अझै खुलेन
सुन्नुहोस्

कालीकोट : निरन्तर आएको वर्षाका कारण बन्द भएको कर्णाली राजमार्ग अझै खुलेको छैन। तीन दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको हो। 

जिल्लाको शुभकालिका गाउपालिका-१ मा पर्ने कर्णाली राजमार्ग अन्तर्गत गगनेखोलामा आएको ठूलो पहिरो अझै पन्छाउन सकिएको छैन।

यसैगरी कर्णाली राजमार्गको एसमोड, हुल्मबजार, सेरिघाट, खाँडाचक्र नगरपालिका-४ मा पर्ने छेका, वडा नम्बर ६ मा पर्ने मोल्फाबजार र तिलागुफा नगरपालिका-६ मा पर्ने टिमुरे भीरमा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी तथा प्रहरी निरीक्षक पोषण थापाले बताए। 

उनले भने, ‘कतै सडक अवरुद्ध भएको छ भने, कुनै ठाउँमा सडक नै पहिरोले लगेको छ। डोजर सबै ठाउँमा परिचालन गरे पनि आजै राजमार्ग सुचारु हुँदैन। वर्षा कम हुँदै गएको खण्डमा मात्र राजमार्ग खुलाउन सकिन्छ।’ 

यस्तै जिल्लाका विभिन्न क्षेत्रमा बाढी र पहिरोबाट जनजीवन कष्टकर बनेको छ। पहिरोको उच्च जोखिममा रहेका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई प्रशासनले समयमै सुरक्षित स्थानमा जान अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले बताए। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.