झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

झापा : झापाको पाडाजुँगी–गौरीगञ्ज सडक खण्डमा मोटरसाइकल दुर्घटना परी एक जनाको मृत्यु भएको छ। गौरादह–१ सितापुरीस्थित पाडाजुँगी– गौरीगञ्ज सडक खण्डमा बिहीबार राती १ बजे पाडाजुँगीबाट गौरादहतर्फ जाँदै गरेको लु ९ प १२७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ सडकको पूर्व दिशामा रहेको बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको थियो। 

दुर्घटनामा मोटरसाइकलमा पछाडि सवार भारत झारखण्ड राज्य गोडा स्थायी ठेगाना भइ नेपाल पाहुना आएका ४१ वर्षीय कमल ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

उनको टाउकोमा चोट लागेकोले निम्स अस्पताल दमक लगिएको र उपचारको क्रममा चिकित्सकले बिहान साढे २ बजे मृतक घोषणा गरेका थिए। मोटरसाइकल चालक गौरादह १ निवासी ३३ वर्षीय गोपाल ठाकुरलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ। चालकले मादक पदार्थ सेवन गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.