यी हुन् ओलीका सारथी

यी हुन् ओलीका सारथी

काठमाडौं : नव नियुक्त  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल गठन गरेका  छन्।  शीतल निवासमा आयोजित विशेष समारोह राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीसहित दुई उपप्रधानमन्त्री र १९ मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।  पद तथा गोपनीयताको शपथ लिएलगत्तै सोमबार प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्। 

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेसबाट १०,नेकपा एमालेबाट ८ , जसपाबाट २  र लोसपाबाट १ जना मन्त्री बनेका छन्।  

नेपाली कांग्रेसले एक उपप्रधानसहित १० जना मन्त्री पाएको हो । प्रकाशमान सिंह उपप्रधानसहित सहरी विकास मन्त्री  बनेका छन्। रमेश लेखक  गृह,आरजु राणा देउवा परराष्ट्र, प्रदीप पौडेल स्वास्थ्य तथा जनसंख्या,बद्री प्रसाद पाण्डे संस्कृति पर्यटन तथा नागरिक उड्डडयन,अजय चौरासिया कानुन न्याय तथा संसदीय मामिला मन्त्री बनेका छन्।  दिपक खड्का उर्जा जलस्रोत तथा सिंचाइ,तेजुलाल चौधरी युवा तथा खेलकुद, रामनाथ अधिकारी कृषि तथा पशुपंक्षी विकास र  ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्।

यसैगरी एमालेबाट एक उपप्रधानसहित ८ जना मन्त्री बनेका छन्। विष्णु पौडेल उपप्रधानमन्त्री एवं अर्थमन्त्री बनेका छन्। पृथ्वी सुब्बा गुरूङ सञ्चार तथा सूचना प्रविधि ,विद्या भट्टराई शिक्षा विज्ञान तथा प्रविधि,दामोदर भण्डारी  उद्योग वाणिज्य तथा आपूर्ति,मानवीर राई रक्षा ,बलराम अधिकारी भूमि व्यवस्था तथा सहकारी,देवेन्द्र दाहाल भौतिक पूर्वाधार तथा यातायात र राजकुमार गुप्ता संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन्।  एमालेले भण्डारी र अधिकारीलाई पहिलेकै मन्त्रालयको जिम्मेवारी दिएको हो।

लोकतान्त्रिक समाजवादी पार्टीबाट शरद सिंह भण्डारीले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी  पाएका छन्। ओली नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीबाट दुईजनाले मन्त्री बन्ने मौका पाएका छन्।  प्रदीप यादव खानेपानी मन्त्री र नवल किशोर साह (सूडी) महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका हुन्। यादव यसअघि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए। गत बैशाख २३ गते  जसपा नेपाल फुटेर जसपा बनेपछि उनी स्वास्थ्यमन्त्री बनेका थिए।

मन्त्रिमण्डल गठन गर्दा प्रधानमन्त्री ओलीले समावेशीलाई प्राथमिकतामा राख्न सकेनन्। संसदका दुई ठूला दल एमाले र कांग्रेस दुवैले दलित समुदायलाई समेट्न सकेनन्। कांग्रेसको संस्थापन इतरपक्ष डा. शेखर कोइराला पक्षबाट जीवन परियारलाई सरकारमा पठाउने चर्चा भएपनि अन्तिममा उनलाई पठाएन।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.