नमोबुद्धबाट फर्किंदा खोल्सामा खसेकी विदेशी नागरिकको उद्धार
काभ्रे : नमोबुद्धबाट फर्किंदा खोल्सामा खसेकी विदेशी नागरिकको उद्धार गरिएको छ। काभ्रेको नमोबुद्धमा रहेको गुम्ब घुमेर फर्किएकी फ्रान्सेली नगारिक क्यन्थिय पेटरिगको प्रहरीले खोल्साबाट उद्धार गरेको हो।
शुक्रबार बिहान फ्रान्सकी ५५ वर्षीया सिन्थिया पेट्रिघ नमोबुद्ध गुम्बा भ्रमण गरी फर्किने क्रममा धुलिखेल १२ ताइचे खोला स्थित गोरेटो बाटोबाट चिप्लिँदा अन्दाजी ५ फिट तल (जंगलको) खोल्सामा खसेकी थिइन्। उठ्न नसक्ने अवस्थामा रहेकी उनले आफैं नै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको कन्ट्रोल रुममा १०० मा खबर गरेपश्चात तत्काल प्रहरी चौकी श्यामपाटीबाट प्रहरी टोली पुगेर उद्धार गरिएको डिएसपि राजकुमार श्रेष्ठले जानकारी दिए ।
उनी खोल्सामा उठ्न नसक्ने अवस्थामा रहेकी उनलाई उद्धार गरेपछि स्थानीय स्वास्थय चौकीमा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !