‘कांग्रेस र एमालेले काँध थाप्दा पनि माओवादी नेतृत्वको सरकारले लय समात्न नसकेपछि नयाँ सरकार बन्यो’

‘कांग्रेस र एमालेले काँध थाप्दा पनि माओवादी नेतृत्वको सरकारले लय समात्न नसकेपछि नयाँ सरकार बन्यो’
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बलिया पार्टीले काँध थाप्दा पनि अघिल्लो सरकारले लय नसमातेका कारण नयाँ सरकार गठन गर्नुपरेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले यसअघि कहिले कांग्रेस र कहिले एमालेले काँध थाप्दा पनि माओवादी नेतृत्वको सरकारले लय समात्न नसकेको र त्यसको प्रयास पनि नगरेका कारण नयाँ सरकार गठन गर्नुपरेको बताएका हुन्।

सरकारकै कारण समाजमा दूषित परिणाम देखिने संकेत आएकाले देशलाई त्यसबाट जोगाउनका लागि कांग्रेस–एमालेबीच समिकरण बनेको उनले बताए । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकार गठनका लागि दुईदलबीच भएको सात बुँदे सहमति पनि सार्वजनिक गरे

सरकारको नेतृत्व आलोपालो गर्ने,भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न साझा कार्यक्रम तय गर्ने लगाएतका सहमति दुईदलबीच भएको भन्दै उनले यसमा लुकाउनुपर्ने केहि नभएको जिकिर गरे । उनले दुई तिहाईको बलमा नभइ देशको आवश्यकताका आधारमा सर्वसम्मत ढंगले संविधान संशोधन गर्ने उल्लेख गर्दै संविधान संशोधनबाट तर्सिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे।

उनले जनतामा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको पनि बताए । विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रुपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षा अनुसार कानुनमा सुधार गर्ने उनको भनाई छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.