आज यी स्थानमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह

आज यी स्थानमा ठूलो पानी पर्ने, सतर्क रहन आग्रह
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : आज कोशी , बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज राती  बागमती, गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भए पनि कर्णाली प्रदेशका एक–दुई  स्थानमा भारी वर्षा हुने महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

अहिले देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम विज्ञान विभागका अनुसार आज बिहान बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

 
विभागले कर्णाली प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिराको जोखिमबाट बच्न सबैलाई अनुरोध गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.