क्यानाडामा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स खुल्यो

क्यानाडामा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स खुल्यो
सुन्नुहोस्

काठमाडौं : क्यानडाकोको एबी प्रान्तमा रहेको कालगेरी सहरमा अल्बर्टा नेपाल चेम्बरको उद्घाटन गरिएको छ। 

उद्घाटन समारोहमा विशिष्ट अतिथिहरू, क्यानडाका लागि नेपाली राजदूत भरत राज पौडयाल, एबी प्रान्तका कानुनमन्त्री मिकी एमेरी, क्यानडाको संसदका प्रतिनिधिहरू जर्ज चहल, एसराज ह्यालेन, कालगेरी महानगरपालिकाका–५ का वडा अध्यक्ष राज धलिवाल, पूर्व मन्त्री जेरेमी निक्सन, एबी प्रान्तको मुख्यमन्त्रीको सचिवालयका डाक्टर ड्यानियल्स र ह्प्पाी मानको उपस्थिति रहेको थियो।

यसै गरी एनआरएन, आईसीसीका प्रतिनिधिहरू एनआरएन क्यानडाका अध्यक्ष माधव दुलाल , एनआरएन कार्यसमितिका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लको समेत सहभागीता रहेको थियो ।  

यस अवसरमा एएनसीसीका अध्यक्ष सीमर पाण्डेले नेपाल र क्यानडाबीचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन प्रवर्धन, व्यापारिक सम्बन्ध, र दुई देशको सरकारबीचको ब्रिज चेम्बरको उद्देश्यले अल्बर्टा नेपाल चेम्बरको स्थापना भएको बताए।  यसैगरी महामहिम राजदूत भरत पौडयालले एएनसीसीले आर्थिक, सामाजिक, पर्यटन प्रवर्द्धन विकासका लागि कोसेढुङ्गा सावित हुनमा आशावादी रहेको र नेपाल सरकारको सहयोग रहने विश्वास व्यक्त गरे।  

सो अवसरमा यस एबी प्रान्तीय सरकारका कानुनमन्त्री मिक्कीले एएनसीसीलाई पूर्ण सहयोग रहने यसले नेपाल र एबी सरकार बीचको ऐतिहासिक सम्बन्धको सुरुवात भएको बताए।  एनआरएनए क्यानाडाका अध्यक्ष माधव दुलालले यो कार्यक्रम ऐतिहासिक भएको र यसले नेपाल-क्यानडा बीच व्यापारिक र सांस्कृतिक सम्बन्धको पूर्ण सहयोग र समन्वय रहने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.