जबजको औचित्य समाप्त भयो भन्नु गलत हो, अहिले पनि सान्दर्भिक छ : महासचिव पोखरेल

नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्‍याए

जबजको औचित्य समाप्त भयो भन्नु गलत हो, अहिले पनि सान्दर्भिक छ : महासचिव पोखरेल
सुन्नुहोस्

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मार्गदर्शक सिद्धान्तका रूपमा रहेको जनताको बहुदलीय जनवादले राजनीतिक क्रान्तिपछिको बाटो पनि स्पष्ट रूपमा देखाइदिएको बताएका छन्।

नेकपा (एमाले) ललितपुर जिल्ला कमिटीद्वारा आयोजित प्रशिक्षक प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले जबजको औचित्य समाप्त भयो भन्नु गलत भएको बताएका हुन्।

महासचिव पोखरेलले जबजको औचित्यका बारेमा अलमलमा नपर्न कार्यकर्तालाई आग्रह गरे। ‘राजनीतिक क्रान्तिपछि समाजवादमा पुग्नका लागि तीनवटा विशेष अवधि पार गर्नुपर्ने हुन्छ भन्ने जबजले भनेको छ’ चर्चा गर्दै महासचिव पोखरेलले उत्पादक शक्ति जति शक्तिशाली बनाउन सकियो त्यति छिटो समाजवाद आउने स्पष्ट पारे। 

संसदका दुई ठूला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेस एकथान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा पुगेको नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट पारे। 

समाजवादमा पुग्नु अघि पुरानो समाज व्यवस्था/उत्पादन सम्बन्धका अवशेष पूर्णरूपमा अन्त्य र बदलिएको उत्पादन सम्बन्धलाई बलियो बनाउँदै योजनाबद्ध ढङ्गले समाजवादका आधार तयार गर्नुपर्ने कुरालाई जबजले प्राथमिकता तोकेको बताए। जनताको बहुदलीय जनवाद अहिले पनि अत्यन्त सान्दर्भिक रहेको उनको भनाई छ। 

परिवर्तनको विचार सम्प्रेषण नगरी समाज परिवर्तन नहुने हुँदा नेताकार्यकर्ताहरूमा विचारका प्रश्नमा प्रष्टता आवश्यक रहेको कुरामा महासचिव पोखरेले जोड दिए। उनले भने,‘विचारका पक्षमा निरन्तर बहस र छलफल आवश्यक छ।’ 

प्रशिक्षणमा महासचिव पोखरेलले दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता कसरी सिर्जना हुन्छ भन्ने सविस्तार चर्चा गर्दै समाजमा त्यसको प्रभाव सामाजिक अराजकताका रूपमा देखापर्ने बताए। 

नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्‍याए

महासचिव पोखरेलले नीतिगत नेतृत्व गर्ने कुरामा साना दलले बाधा पुर्‍याएको दाबी गरे। उनले समाजलाई अगाडि बढाउन नीतिगत नेतृत्व आवश्यक हुने बताए।

संसदका दुई ठूला पार्टी नेकपा (एमाले) र नेपाली कांग्रेस एकथान सरकार बनाउने उद्देश्यले मात्र समझदारीमा पुगेको नभई देशलाई अगाडि बढाउने सन्दर्भमा नीतिगत नेतृत्व हुनुपर्छ भन्ने मान्यताका साथ नयाँ समझदारीमा पुगेको स्पष्ट पारे। 

उनले समाज अगाडि बढाउने सन्दर्भमा देखिएका र अनुभव गरिएका संवैधानिक तथा कानुनी अफ्ठ्यारा हटाउन संविधान र कानुन संशोधन समेत गर्ने सहमति गरिएको स्पष्ट गरे।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.