महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

महाकुम्भ मेलाबाट फर्किरहेको गाडी विहारमा दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

महोत्तरी : भारतको प्रयागराजस्थित महाकुम्भ मेलाबाट फर्किने क्रममा स्करपियो दुर्घटना हुँदा ५ जना नेपालीको मृत्यु भएको छ। महोत्तरी मनरा कट्टी नगरपालिकाका तीर्थालुहरू सवार रहेको बीआर ३२ पीए ४६६१ नम्बरका स्करपियो विहारको मुजफफपुरमा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको हो।

दुर्घटनामा दुई जना पुरुष र तीन जना महिलाको मृत्यु भएको भारतीय न्युज एजेन्सी पीटीआईले जनाएको छ। तीव्र गतिमा रहेको स्करपियो अनियन्त्रित भएर दुर्घटना भएको स्थानीयलाई उद्धृत गर्दै विहार मुजफ्फरपुर जिल्लाका प्रहरी उपअधीक्षक विनीता सिन्हाले पीटीआईसँग बताएकी छन्। मोटरसाइकललाई बचाउन खोज्दा स्करपियो अनियन्त्रित बनेको थियो।

'पाँच जनाको घटनास्थलमै मृत्यु भयो। जसमध्ये तीन जना महिला छन्। चार जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई पटनाको अस्पतालमा रेफर गरिएको छ,' उनले भनेकी छन्। 

महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तुलाल प्रसाद जयसवारले घटनाको सम्बन्धमा भारतीय प्रहरीसँग बुझ्ने प्रयास भइरहेको जनाएको छ। दुर्घटना मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर फोरलाइन सडक खण्डमा रहेको मधुबनी मन्दिर नजिक भएको बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.