भारतको नयाँ बजेट : १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने

भारतको नयाँ बजेट : १२ लाखसम्मको आम्दानीमा कर नलाग्ने

काठमाडौं : भारत सरकारले १२ लाख रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेको छ।

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले २०२५-२६ को बजेट भाषणमार्फत १२ लाख भारतीय रुपैयाँसम्मको आम्दानीमा कर नलगाउने घोषणा गरेकी हुन्। यसले भारतका मध्यमवर्गीय परिवारलाई ठूलो राहत मिल्ने विज्ञहरूले बताएका छन्। यस आर्थिक वर्षमा कुनै भारतीयले १२ लाख ७५ हजार रुपैयाँसम्म आम्दानी गरे कुनै कर लाग्ने छैन।


१२ लाख भन्दा माथि आम्दानी गर्नेहरूलाई भने ५ प्रतिशतदेखि ३० प्रतिशतसम्म कर लगाउने बजेटमा उल्लेख छ। यसअघि सन् २०१४ मा साढे दुई लाखसम्म, २०१९ मा ५ लाखसम्म र २०२३ मा ७ लाखसम्मको आम्दानीलाई कर छुट दिइएको थियो।

नेपालमा भने अविवाहितलाई ५ लाखसम्म र विवाहितलाई ६ लाखसम्मको आम्दानीमा कर छुटको व्यवस्था गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.