विद्यार्थीलाई स्वदेशमै उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउनुपर्छ : प्रधानमन्त्री

विद्यार्थीलाई  स्वदेशमै उच्च शिक्षा आर्जन गर्ने वातावरण बनाउनुपर्छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उच्चशिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रमलाई रोक्दै देशमा नै अवसर सिर्जना गर्नुपर्ने बताएका  छन्।

मंगलबार काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको सिनेटलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विश्वविद्यालयको पुनः संरचना र पाठ्यक्रममा समयानुकूल परिमार्जन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिने वातावरण बनाउनुपर्नेमा  जोड दिएका हुन्।

समयको माग अनुसार अध्ययन अध्यापनलाई अनुसन्धानमूलक एवं प्रविधिमैत्री बनाउँदै ठूलो सङ्ख्यामा विद्यार्थी विदेशिने क्रमलाई स्वदेशमै केन्द्रित गर्न उनले आग्रह गरे । प्रधानमन्त्री ओलीले उचित जनशक्तिका साथै विश्वविद्यालय सेवामा प्रवेश गरिसकेका जनशक्तिलाई क्षमता अभिवृद्धि र अनुसन्धानका अवसर प्रदान गर्दै टिकाइराख्ने विषय अहिलेका ज्वलन्त सवाल भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले विगतदेखि नै बेरुजु घट्न नसकेकाले  २८ अर्ब बेरुजु देखिएको सम्परीक्षण गराइएपछि त्यो रकम घट्ने विश्वास व्यक्त गरे ।  प्रधानमन्त्री ओलीले सरकारबाट प्राप्त हुने रकमलाई विश्वविद्यालय अनुदान आयोगबाट विश्वविद्यालयहरूलाई वितरण हुने भएकाले अनुसन्धानको हाल तोकिएको रकममा कटौती नहुने स्पष्ट पारे । विश्वद्यालयमा समावेशीता सहभागिताका आधारमा परिणाम निकाल्न सक्ने गरी निर्णय हुनुपर्ने उनको भनाइ छ।

बैठकले विभिन्न संकायबाट ६२ औँ ग्रेसलिष्टमा समाविष्ट ७३ हजार नौ सय ९५ विद्यार्थीलाई उपाधि प्राप्तिका लागि अनुमति प्रदान गरेको छ भने चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित भएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.