नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको प्रधानमन्त्री बन्न सक्ने

हसिना भारतबाट लन्डन जाने तयारीमा

नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको प्रधानमन्त्री बन्न सक्ने
फाइल तस्बिर।

ढाका :बंगलादेशमा दुई महिना लामो आरक्षण विरोधी विद्यार्थी आन्दोलनपछि प्रधानमन्त्री शेख हसिनाले हिजो(अगस्ट ५) मा पदबाट राजीनामा दिएकी छन्।

सोमबार नै उनी देश छाडेर ढाकाबाट अगरतला हुँदै भारत पुगिन्। हसिना आज भारतबाट लन्डन लण्डन जाने सम्भावना रहेको समाचार दैनिक भास्करमा रहेको छ।

भारतबाट हसिना फिनल्याण्ड वा अन्य देशहरूमा जान सक्छिन्।  

हसिनाले देश छाडेपछि बंगलादेशका सेना प्रमुखले  अन्तरिम सरकार बनाउने र देशको सुरक्षा गर्ने बताएका छन्। आन्दोलनमा ज्यान गुमाएकालाई पनि न्याय दिने काम गर्ने उनले बताए। 

प्रधानमन्त्री हसिनाले देश छाडेलगत्तै राष्ट्रपति मोहम्मद अब्दुल हमिदले जेलमा रहेका पूर्वप्रधानमन्त्री तथा विपक्षी नेतृ खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन्। उनलाई सन् २०१८ मा भ्रष्टाचारको मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो।
 
सेना प्रमुखले विद्यार्थी नेतालाई भेट्ने, आज बजार खुल्ने

बंगलादेशको सेनाले जारी गरेको विज्ञप्तिअनुसार सेना प्रमुखले मंगलबार दिउँसो आरक्षण विरोधी आन्दोलनका संयोजकहरूसँग भेट गर्नेछन्।

बंगलादेशको अन्तर सेवा जनसम्पर्क निर्देशनालयले मंगलबार बिहानदेखि देशभरका सबै सरकारी, अर्धसरकारी, स्वायत्त, अर्धस्वायत्त, निजी संस्था र कलकारखाना खुल्ने जनाएको छ।

बेलायतबाट ग्रिन सिग्नलको पर्खाइमा हसिना 

बंगाली अखबार डेली सनका अनुसार भारतले तत्कालै शेख हसिनालाई देशमा बस्न अनुमति दिएको छ। हसिनाले बेलायतमा कूटनीतिक शरण मागेकी छिन्।

बेलायतले हाल शेख हसिनालाई शरण दिने विषयमा भने केही प्रतिक्रिया दिएको छैन। त्यहाँबाट अनुमति पाएलगत्तै उनी भारत छाड्ने जनाइएको छ। 

हसिनासँगै बेलायती नागरिकता पाएकी बहिनी रेहाना पनि छिन्। हसिनाकी भतिजी र रेहानाकी छोरी टुलिप सिद्दिकी लेबर पार्टीकी सांसद हुन्।

मोहम्मद युनुस बंगलादेशको अन्तरिम प्रधानमन्त्री बन्न सक्ने 

मोहम्मद युनुस बंगलादेशको अन्तरिम प्रधानमन्त्री बन्न सक्ने जनाइएको छ। आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले मंगलबार बिहान नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार गरिने बताए। 

युनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गरेका थिए। उनले गरिबी विरुद्धको अभियानका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए।

शेख हसिनाले देश छोडेकोमा कार्यकर्ता आक्रोशित

शेख हसिनाको पार्टीका नेता र कार्यकर्ता उनले देश छाडेर गएकोमा आक्रोशित भएको बताइएको छ । बंगाली अखबार प्रथम आलोका अनुसार अवामी लिगसँग सम्बद्ध नेताहरूले शेख हसिनाले देश छोडेका कारण उनीहरूले आन्दोलनकारीहरूको क्रोधको सामना गरिरहेको बताएका छन्।

हसिना अब राजनीतिमा नफर्किने

शेख हसिनाका छोरा तथा पूर्व आधिकारिक सल्लाहकार सजिब वाजेद जोयले उनी अब राजनीतिमा नफर्किने बताएका छन् । परिवारको आग्रहमा सुरक्षाका लागि उनले देश छोडेको जोयले बताए । 

जोयले आफ्नी आमाले कडा परिश्रमले बंगलादेश परिवर्तन गरे पनि अल्पसंख्यकहरू अझै पनि उनको विरुद्धमा उठिरहेका बताए। यो निकै निराशाजनक भएको उनको भनाइ छ। 


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.