स्वास्थ्यमन्त्रीको घोषणा र स्वास्थ्य बिमाको बिजोग

स्वास्थ्यमन्त्रीको घोषणा र स्वास्थ्य बिमाको बिजोग
सुन्नुहोस्

नेपाली राजनीति सस्तो लोकप्रियताबाट श्रापित छ। आशालाग्दा भनिएका राजनीतिकर्मी पनि सस्तो लोकप्रियताकै भुँमरीमा छन्। उनीहरू त कम्तीमा त्यस्तो भुँमरीबाट निस्केलान् कि भन्ने आशामा त्यो बेला तुषारापात हुन्छ, जसै उनीहरू सत्तासीन हुन्छन्।

कांग्रेसका लोकप्रिय युवा नेता प्रदीप पौडेल अहिलेको मन्त्रिपरिषद्मा आशालाग्दो एक अनुहार हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बागडोर सम्हाल्दै उनले सस्तो लोकप्रियता आर्जनमै रुचि देखाए र घोषणा गरे– सरकारी अस्पतालमा बिरामीले लाइन बस्नु पर्दैन। एक महिनाभित्र कार्यान्वयन गर्ने उनको पदबहाली गर्दाको दिनको त्यो प्रतिबद्धता कार्यान्वयन भएको छैन। हुन सक्ने पनि तत्काल देखिन्न।

सरकारी अस्पतालमा चौबिसैघण्टा बहिरंग सेवाको उनको अर्को घोषणा र योजना पनि अधिकतर अस्पतालमा कार्यान्वयनको छेकछन्द छैन। त्यसअनुसारका मानव संसाधन र अरू साधन स्रोतको अभाव जो छ। पहिला सामथ्र्य हेरेरमात्रै घोषणा गर्नुपर्नेमा मन्त्री पौडेलले पहिला घोषणा गरे, अहिले भने आफ्नै बोली सच्याउनुको हैरानीले उनलाई सताएको छ।

पहिला घोषणा गरेका कार्यक्रम र योजना कसरी लागू गर्नेभन्नेभन्दा पनि एकपछि अर्को सस्तो लोकप्रिय योजना उनले घोषणामात्रै गरिरहेका छन्। मन्त्री पौडेलले स्वास्थ्य बिमाको दायरा पाँच लाख पुर्‍याउने अर्को योजना सुनाएका छन्। जब कि अहिले एउटा परिवारको वार्षिक ३५ सय रुपैयाँले एक लाख रुपैयाँको स्वास्थ्य बिमा हुन्छ। अब पाँच लाख पुर्‍याउने कुरा सुन्नलाई कर्णप्रिय नै छ। तर, त्यसको कार्यान्वयन हुनेमा शंका गर्न किन सकिन्छ भने एक लाखकै बिमाको कार्यान्वयनमा पनि सरकार चुकेको चुक्यै छ। जबकि जनताले यो कार्यक्रम मन पराएका पनि छन्। जनहितकारी पनि छ।

तर, सरकारले भनेजस्तो सेवाचाहिँ बिमामा नागरिकले पाउन सकेका छैनन्। स्वास्थ्य संस्थामा बिमाका बिरामीले दोस्रो दर्जाको नागरिकको व्यवहार सहनुपर्छ। घण्टौंघण्टा छुट्टाछुट्टै लाइनका लाइनमा उभिनुपर्छ। पालो पाउन मुस्किल छ। अनि बिमाका बिरामीले चिकित्सकले सिफारिस गरेका औषधि निःशुल्क पाउँदैनन्। किन्नैपर्छ। बिमा गर्नुको अर्थ नहुने गरी पैसा खर्चनुपर्छ। अनि विभिन्न अस्पतालहरूलाई सरकारले बिमाको भुक्तानी दिन सकेको छैन। ९ अर्ब रुपैयाँ जतिको दाबी भुक्तानी भएको छैन।

स्वास्थ्यमन्त्री पौडेलले साबिक समस्यामात्रै सुल्झाएदिए भने पनि धेरै राहत हुन्छ। तर उनी हकानिँदै एकपछि अर्को सस्तो लोकप्रिय घोषणामा रमाउन थालेका छन्। यसले उनको आशालाग्दो छवि धुमिल्याउने खतरा बढाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.