‘साउदी जेद्दा सिजनमा प्रमोद खरेल तथा परम्परा ब्यान्डको हंगामा’
साउदी : युवा पुस्ताका चर्चित गायक तथा सुगम संगीतमा आफूलाई स्थापित गर्न सफल गायक प्रमोद खरेल तथा उनको परम्परा ब्यान्डले साउदी जेद्दा सिजनमा ‘हंगामा’ मच्चाएका छन्।
१६ अगस्ट २०२४ शुक्रबारका दिन साउदी सरकारद्वारा परिचालित जी ई ए (क्रस कल्चर)ले साउदीको जेद्दा शहरस्थित इक्वेस्ट्रियन पार्कमा आयोजना गरेको जेद्दा सिजन कार्यक्रममा गायक खरेल तथा उनको परम्परा ब्यान्ड टिमले पहिलो प्रस्तुतिका रूपमा रेसम फिरिरी गीतको मीठो बाँसुरी धुन बजाएर उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिएर मन जितेका थिए।
गायक खरेलले, यो छाती भित्र लुकेर भन्ने गीतलाई पहिलो प्रस्तुति दिएका थिए। साथै म बिना कसै कसै लाई पोखरामा,यो कुरा गोप्य नै राखौँला , हंगामा भो ,ओइ झुमा झुम्कावली,एकै नजरमा माया बस्यो है, रातो टिका निधारमा टलक टल्कियोलगायत मेलोडियन गीतहरू रातो रानी फुले झैं,ए कान्छा हो कान्छा, अल्लारे नानी केसी, जस्ता गीतहरू प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई मनोरञ्जन दिएका थिए। उनको प्रस्तुति हेर्नेको लागि साउदीको रियाद, दमाम , जुबेल, खोवर, अलहासा, अब्बा खमिस, मक्का, मदिना, यन्बु, जिजान शहर लगायत १४ सय किलोमिटर टाटाबाट दर्शकहरू आएका थिए।
सिजनको अन्तिम दिन नेपाल सहित फिलिपिन्स, तथा श्रीलंका समेत कार्यक्रम रहेकोले १० हजार भन्दा बढि दर्शकहरूको उपस्थित रहनुको साथै गायक खरेलले गाएको गीत तथा उनको परम्परा ब्यान्डले सांगीतिक प्रस्तुतिमा नेपाली, साउदी, फिलिपिन्स, श्रीलंका, इन्डियन दर्शकहरू समेत नाचेका थिए।
सिजन मौसम अनुकूल पारेर आफ्नो धर्म संस्कृति, कला , खेलकुद आदिलाई समावेश गरी प्रदर्शन गर्ने गरी यो सिजन सुरु गरिएको थियो भने कार्यक्रममा उपस्थिति दर्शकहरूलाई प्रमोद तथा परम्परा ब्यान्डले धन्यवाद समेत व्यक्त गरेका थिए।