विराटनगरका राय मानव कंकालसहित पक्राउ

विराटनगरका राय मानव कंकालसहित पक्राउ

विराटनगर : विराटनगर महानगरपालिका–१७ का ३७ वर्षीय विनोद राय आइतबार बिहान मानव कंकालसहित पक्राउ परेका छन्। सशस्त्र प्रहरीले उनलाई विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट बिहान ७:४० बजेतिर पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट मानव कंकाल लिएर आउँदै गर्दा रायलाई फेला पारेको थियो। 

गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतले रिक्सामा चढेर आउँदै गरेका रायको साथबाट मानव कंकाल फेला परेको जानकारी दिए। उनी चढेको रिक्सालाई सशस्त्रले रोकेर चेकजाँच गरेको थियो। चेकजाँच गर्दा रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको डीएसपी राउतले बताए। 
उनीसँगै रिक्सामा रहेकी १ जना महिला सशस्त्रले चेकजाँच गर्न थालेपछि ओर्लिएर फरार भएकी छन्। ती महिलाको खोजी तीव्र पारिएको र हालसम्म पहिचान हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्रले रायलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ। 

रायले मानव कंकाल कहाँबाट र किन ल्याएका हुन् भनेर यकिन भइसकेको छैन। अनुसन्धानबाट थप कुरा खुल्दै जाने प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार राय यसअघि पनि मानव कंकालसहित विराटनगरबाटै पक्राउ परेका थिए। सशस्त्रले यसअघि २०७८ असोज र चैतमा पनि मानव कंकाल बरामद गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.