अर्घाखाँचीमा साढे ८ हजार हेक्टरमा सिँचाइ सुविधा

अर्घाखाँचीमा साढे ८ हजार हेक्टरमा सिँचाइ सुविधा
सुन्नुहोस्

अर्घाखाँची : अर्घाखाँची जिल्लामा रहेको खेतीयोग्य जमिनमध्ये ८ हजार ४ सय ४४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। जिल्लाको ४५ हजार ७ सय १२ खेतीयोग्य जमिनमध्ये २८ हजार ६ सय ९ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ। बसाइँसराइ, वन्यजन्तु र अन्य कारणले अन्य जग्गामा खेती हुन सकेको छैन। 

खेतीयोग्य जमिनमध्ये ३ हजार ८१ हेक्टर क्षेत्रफलमा बाहै्रमास सिँचाइ सुविधा पुगेको र ५ हजार ३ सय ६३ हेक्टरमा मौसमी सिँचाइ सुविधा पुगेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर भेषराज भुसालले बताए। 

डिभिजन कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०८०/८१ मा गरेका सेवा प्रवाह तथा विकास निर्माणका समीक्षा कार्यक्रममा गत आवमा प्राप्त भएको चालु तथा पुँजीगत बजेट २१ करोड ४७ लाख ५४ हजारमध्ये १८ करोड ९१ लाख ५१ हजार अर्थात् ८८.०८ प्रतिशत खर्च र ९९.४८ प्रतिशत भौतिक प्रगति भएको डिभिजन कार्यालयका लेखापाल शिवहरि खनालले बताए। 

१ सय ३ योजनामध्ये एक वर्षको अवधिमा ९४ योजना सम्पन्न भएका छन्। चार योजना क्रमागत बहुवर्षीय छन्। पाँच योजना कार्यान्वयनमा जान सकेका छैनन्। सञ्चित कोषमा रकमको कमी हुँदा काम सम्पन्न भएका ९ योजनाको १ लाख ४७ हजार रुपैयाँ भुक्तानी हुन नसकेको इन्जिनियर भुसालको भनाइ छ।

आर्थिक वर्ष २०८०÷८१ मा यस कार्यालयबाट विभिन्न सिँचाइ योजनाका ८ बाध निर्माण, १९.६२ किमि पक्की कुलो निर्माण ३ पोखरी निर्माण, १५ हेक्टरमा थप सिँचाइ सुविधा पुगेको, १ सय ७१ हेक्टरमा सिँचाइ सुदृढीकरण भएको छ। २.३८ किमि तटबन्ध, १.५ हेक्टर जमिन उकास, ४८ घर सुरक्षित र १ सय ६५ हेक्टर जमिन सुरक्षित भएको डिभिजन प्रमुख भुसालले जानकारी दिए। 

सिँचाइको विकास बिनाखेती हुन नसक्ने भएकाले सिँचाइ योजनाहरू निर्माणमा सबै सरकार लाग्नुपर्ने जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइरालाले बताए। उनले सिँचाइ कुला निर्माण भएपछि युवाहरू आर्थिक स्वरोजगार समेत भएको बताए। सबैभन्दा उत्तम पेसाको रूपमा रहेको कृषि पेसालाई सबैले सम्मान गर्नुपर्ने उनको भनाइ छ। 

कृषिजन्य वस्तुको उत्पादन बिनाआर्थिक समृद्धि नहुने भएकाले उत्पादनका लागि सिँचाइ पहिलो आवश्यकता रहेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए। उनले गाउँमा खेतीपाती गर्ने कृषकलाई सम्मान गर्नुपर्ने बताउँदै कृषि पेसालाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएका छन्। 

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले गरेको काम प्रशंसायोग्य रहेको शीतगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले बताए। नगरपालिकाले समन्वय गरेर काम अगाडि बढाएको बताउँदै कुला बनेपछि बाँझो रहेको जमिनमा पनि खेती हुन सुरु गरेको बताए। 

सिँचाइ कार्यालयबाट हुने विकासका कामहरू तोकिएको समयभन्दा छिटो, गुणस्तरीय रूपमा काम गर्ने २ जना निर्माण व्यवसायी लुम्बिनी निर्माण सेवा सन्धिखर्क– ८ र भिजन निर्माण सेवा प्यूठानलाई सम्मान गरेको छ। उनीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्रले सम्मान गरिएको थियो।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, कृषक, निर्माण व्यवसायी, सरोकारवाला तथा सञ्चारकर्मीको उपस्थिति थियो। कार्यक्रम जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख भेषराज भुसालको अध्यक्षता र रामजीप्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.