डडेल्धुरामा मनाइयो मानव बेचबिखनविरूद्धको दिवस

डडेल्धुरामा मनाइयो मानव बेचबिखनविरूद्धको दिवस
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

डडेल्धुरा : डडेल्धुरा सदरमुकाममा  मानव बेचबिखन तथा ओसारपसारविरूद्धको १८ औं राष्ट्रिय दिवस मनाइएको छ । जिल्ला मूल समारोह समिति डडेल्धुराको आयोजनामा भदौ २० गते ‘तीनै तहका सरकारको प्रतिबद्धता, मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।

प्रभातफेरी जिल्लाको तुफान्डाँडा चोकबाट बसपार्क पुगेर कोणसभामा परिणत भएको थियो । बागबजार क्षेत्रमा सचेतनामूलक पर्चा,पम्पलेट बोकेर कार्यक्रम गरिएको हो । प्रभातफेरी कार्यक्रममा सहभागीले ‘आफ्नो सुरक्षामा आफै लागौं,मानव बेचबिखनविरुद्ध हामी सबै जागौं,हाम्रो सबैको एउटै चाहना मानव बेचबिखनरहित समाजको परिकल्पना, हामी सबै लागौं, मानव बेचबिखन अन्त्य गरौं’लगायतका प्ले कार्ड बोकेका थिए ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराका निमित्त प्रमुख जिल्ला अधिकारी अशोक कुमार भण्डारीले मानव बेचबिखन विश्वव्यापी समस्या रहेको बताए । ‘यो विकराल रूपमा छ। सीमान्तीकृत समुदायका मानिसहरू बेचबिखनको जोखिममा छन्। न्यूनीकरण गर्न तीनै सरकारले काम गरिरहेका छन्। स्थानीय सरकारको महत्त्वपूर्ण भूमिका हुन्छ। तीन सरकारले गरेर अगाडि बढेमा यो न्यूनीकरण गर्न सकिन्छ,'उनले भने।

मानव बेचबिखनका कारणहरूलाई पहिचान गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । गरिबी र अशिक्षालगायतका कारणले मान्छे मानव बेचबिखनमा पर्ने गरेको यस किसमका गतिविधिमा संलग्नलाई कानुन अनुसार कडा कारवाही हुनुपर्ने उनीहरूको भनाइ छ ।

कार्यक्रममा जिल्लास्थित सरकारी तथा गैर सरकारी संघ संस्था,नेपाल प्रहरी,सशस्त्र प्रहरी,अमरगढी नगरपालिकाका कर्मचारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.