जाजरकोटमा ३० वर्षीय शाही मृत फेला, एक महिलासहित ७ जना पक्राउ

जाजरकोटमा ३० वर्षीय शाही मृत फेला, एक महिलासहित ७ जना पक्राउ
मृतक शाहीको शव फेला परेको स्थान।

जाजरकोट : जाजरकोटमा एक युवकको शव भेटिएको छ। जुनीचाँदे गाउँपालिका-६, मैप बस्ने ३० वर्षीय रामबहादुर शाहीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। 

शाही बिहीबार जुनीचाँदे गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तथा चौथो अध्यक्षकप हेर्न जुनीचाँदे-५ स्थित शिवपुरी स्कुलमा पुगेका थिए। दुई दिनसम्म पनि घर नफर्किएपछि खोजतलास गर्दा शुक्रबार राति उनको शव स्थानीय काड्य खोला नजिक फेला परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तमप्रसाद पाण्डेले बताए। 

शाहीको हत्या भएको आशंका गरिएको छ। 'हामीले अनुसन्धान गरिरहेका छौं। खेलकुद कार्यक्रम हेर्न गएका शाहीको आगो ताप्ने क्रममा स्थानीय युवाहरूसँग विवाद भएको देखिन्छ। त्यो विवाद नै घटनाको कारण हुनसक्ने अनुसन्धानमा खुलेको छ। घटनास्थलमा रगतजस्तो देखिने रातो पदार्थ भेटिएको छ। उनको टाउको र कानमा चोट लागेको देखिन्छ,’ प्रहरी प्रमुख पाण्डेले भने।

शुक्रबार इलाका प्रहरी कार्यालय गर्खाकोटबाट प्रहरी नायब निरीक्षक पूर्णबहादुर रानाको टोली घटनास्थल पुगेको थियो। घटनास्थल थप शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट प्रहरी निरीक्षक दिनेश तिमिल्सिनाको कमान्डमा थप टोली खटिएको छ। मृतक शाहीको शव शनिबार प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा पोस्टमार्टम गरिएको छ।
 
मृतक शाहीका आफन्तले उनको हत्या भएको आरोप लगाएका छन्। उनीहरूले निष्पक्ष छानविनको माग गरे। अनुसन्धानका लागि प्रहरीले एक महिला र ६ पुरुषसहित ७ जनालाई पक्राउ गरेको छ। नियन्त्रणमा रहेकाहरूसँग आवश्यक सोधपुछ भइरहेको प्रहरीको भनाइ छ। 

पीडित पक्ष किटानी जाहेरी दर्ता गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ। जाहेरी दर्ता भएपछि र आइतबार अदालतबाट अनुसन्धानका लागि म्याद लिएपछि घटनाबारे सार्वजनिक गरिने डीएसपी पाण्डेले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.