हिमाली जिल्ला मुस्ताङमा तीजको रौनक

हिमाली जिल्ला मुस्ताङमा तीजको रौनक
सुन्नुहोस्

जोमसोम : पछिल्लो समय बेसीको सांस्कृतिक प्रभाव हिमालमा पनि पर्न थालेको छ। बुद्ध धर्म मान्ने यस क्षेत्रमा पनि हिन्दू संस्कृतिको प्रभाव पर्न थालेको हो। 

पितृ उद्धारका लागि पवित्र धार्मिक स्थल मुस्ताङको  कागबेनीधाममा  महिलाहरूले हरितालिका तीज पर्व मनाएका छन्। कागबेनी श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिको आयोजनामा बिहीबार हरितालिका तीज पर्व मनाइएको हो।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत विद्यालयका शिक्षिका, स्थानीय तहका महिला कर्मचारी र स्थानीय महिलाहरूलाई समेट्दै कागबेनी श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिले तीज पर्व मनाएको हो। 

महिलाहरूको महान पर्व तीजको बेला माइतीघर, जन्मघर जान नपाई कार्यस्थलमा खटिन परेका महिलाहरूलाई सहानुभूति प्रदान गर्न र उनीहरूको आत्म सन्तुष्टिका लागि  हरितालिका तीजको विशेष कार्यक्रम आयोजना गरिएको श्राद्धस्थल संरक्षण तथा व्यवस्थापन समितिकी संयोजक लक्ष्मी गुरुङले जानकारी दिइन्। 

‘हाम्रो पालिकामा काम गर्ने महिला कर्मचारीहरू माइती र जन्मघर जान नपाउँदा दुखित हुनुहुन्थ्यो, जागिर खाएपछि हत्तपत्त जिम्मेवारी छोडेर जान पनि मिल्दैन, संयोजक गुरुङले भनिन्,‘कसैको घर र माइती टाढा छ, छुट्टी पनि धेरै हुँदैन, यसले कर्मचारी महिलाहरू यतै रहन बाध्य भए।’ पर्वको भावनालाई बुझेरै तीज कार्यक्रम राखेको संयोजक लक्ष्मी गुरुङले उल्लेख गरिन्।

रातो पहिरन चिटिक्क सजिएका महिला कर्मचारीहरूसँगै कागबेनी गाउँका स्थानीय महिलाहरूले समेत तीज पर्व विभिन्न कार्यक्रम गरी मनाएका छन्।

कागबेनी हिन्दू धर्मालम्बीहरूको महत्वपूर्ण धार्मिक स्थल हो। कागबेनीमा दिवंगत पितृका नाम श्राद्ध, तथा तर्पणका साथै पिण्डदान गर्नका लागि धार्मिक मोक्ष प्राप्त हुने जनविश्वाश छ। 

तीज कार्यक्रममा कागबेनीमा एकत्रित भएका महिलाहरूले कागबेनी धाम नजिकै प्रतिस्थापन गरिएको कछुवा रुपी शालिग्राम कुर्म अवतार शिलाको पार्कमा तीज गीत गाउँदै महिला कर्मचारीहरू छमछमी नाचे। भगवान रुपी शिलालाई परिक्रम गर्दै तीज गीतमा नाचेर रमाए। 

कागबेनी स्थित जनशान्ति माध्यमिक विद्यालयकी पूर्व शिक्षिका हरिमाया पराजुलीले तीज पर्वमा माइती जान नपाए पनि मुस्ताङमै रमाइलो गरी मन भुलाउने अवसर प्राप्त भएको बताइन्। उनले कागबनीमा पहिलो पटक श्राद्धस्थल व्यवस्थापन समितिले तीज पर्वको कार्यक्रम राखेको बताइन्। 

जनशान्ति माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका सरिता परियारले तीज पर्वमा माइत जान नपाएपनि यतै रमाउने मौका मिलेको बताइन्। जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि तीज पर्वको बेला माइत जान नपाएका महिला कर्मचारीलाई समेट्दै तीजको दरखाने कार्यक्रम आयोजना गर्‍यो। जिल्लास्थित सरकारी कार्यालयका निजामती महिला कर्मचारीहरूलाई थोरै भएमा आत्म सन्तुष्टि प्रदान गर्न तीजको दरखाने कार्यक्रम आयोजना गरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.