चेपाङ समुदायले मनाए न्वागी पर्व

चेपाङ समुदायले मनाए न्वागी पर्व

गोरखा : चेपाङ समुदायको राष्ट्रिय सांस्कृतिक पर्व न्वागी भव्यताका साथ मनाइएको छ। नेपाल चेपाङ संघ केन्द्रीय समितिले गोरखाको गण्डकी गाउँपालिका तोमनडाँडामा एक कार्यक्रम आयोजना गरेको छ। 

संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ, महासचिव सन्तबहादुर चेपाङ सहभागी सो कार्यक्रममा गोरखा, धादिङ, मकवानपुर चितवन, तनहुँ, लमजुङ जिल्लाका चेपाङ समुदायको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष चेपाङले चेपाङ समुदायको बसोबास रहेको यस प्रदेशमा सार्वजनिक बिदा दिन गण्डकी प्रदेश सरकारलाई आग्रह गरे।

गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ र नवलपुर जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ। २०७८ सालको जनगणना अनुसार अल्पसंख्यक सीमान्तकृत चेपाङ समुदायको जनसंख्या ८४ हजार ३६८ रहेको छ। 

मकै, घैयनधान, गाभा पिँडालु, केरा, निबुवा लगायतका पाखेबाली प्रकृति देवता, कुलदेवता, पितृलाई अर्पण गरेर आफूले खान सुरु गरी यो पर्व मनाउने परम्परा रहेको चेपाङको सांस्कृतिक छोनाम पर्व न्वागीको अध्ययन गरिरहेका अजयकुमार चेपाङले जानकारी दिए।

पितृ, प्रकृति र जीवनशैलीसँग सम्बन्धित रहेको यो पर्वलाई नेपाल सरकारले २०६३ देखि हरेक वर्षको भदौ २२ गते मनाउन मान्यता दिएको छ।

भदौ महिनाको जुनसुकै ५ दिन यो पर्व मनाउने गरे पनि २२ गतेलाई संस्थागत रूपमा मनाउन मान्यता पाएको संघका संस्थापक महासचिव चेपाङले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.