काँकडाभिट्टा नाकाबाट नयाँ शैलीमा तस्करी : तीन भारतीय कारसहित तीन चालक पक्राउ

काँकडाभिट्टा नाकाबाट नयाँ शैलीमा तस्करी : तीन भारतीय कारसहित तीन चालक पक्राउ
सुन्नुहोस्

झापा : मेचीनगरको काँकडभिट्टा नाकाबाट भारतीय नम्बर प्लेट भएको कार प्रयोग गरी अवैध रुपमा भन्सार छलेर लत्ताकपडा भित्र्याउने गरेको घटना बाहिर आएको छ। कारको पछाडि भागको ब्याक लाइट हुने दुवै ठाउँ दुलो बनाई त्यसभित्र लत्ताकपडा हालेर सोझै भन्सार अगाडिबाटै सरसामान लैजाने तीन वटा भारतीय नम्बर प्लेट भएको कार नियन्त्रणमा लिएसँगै सो घटना बाहिर आएको हो। 

नयाँ मेची पुलबाट सोझै भन्सार अगाडिबाट नेपाल भित्रिने ती कारहरूलाई सीमामा तैनाथ सुरक्षाकर्मी र भन्सार कर्मचारीले रोकेर चेकजाँच गर्दा खाली भएर त्यतिकै छाडिदिन्थे। कारभित्रको सिट, सिटमुनि र डिक्कीमा सरसामान नभएर छाडिएका ती कारहरूलाई शनिबार दिउँसो साढे ४ बजेतिर प्रहरीले नियन्त्रणमा लिएर चेकजाँच गर्दा विभिन्न ब्रान्डका लत्ताकपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए। 

तस्कर समूहले नयाँ शैली अपनाएर कारको पछाडि भागको ब्याक लाइट हुने ठाउँ दुलो बनाएर त्यहाँभित्र लत्ताकपडा राखेर नेपाल सरसामान भित्र्याउँदै आइरहेको थियो। यसबारेमा सीमामा तैनाथ सुरक्षाकर्मीले सुइँको समेत पाएनन्।  

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका -६ स्थित भन्सार गेट पछाडि भारतबाट नेपालतर्फ आउँदै गरेको डब्लुबी ७४ एन ६८७८, डब्लुबी ७४ पी ७७९९ र डब्लुबी ७४ एन ८५६२ नम्बरको भारतीय कारसहित तीन जनालाई चालकलाई अवैध सामानसहित नियन्त्रणमा लिएको छ।  ती कारहरू भित्र लुकाइछिपाई ल्याएको अन्दाजी ३ लाख ९९ हजार एक सय रुपैयाँ बराबरको पुरुष ट्राउजर ११० पिस, लेडिज ट्राउजर ४२ पिस, रुमाल १२५० पिस, लेडिज सर्ट २२ पिस, कुर्था ३२ पिस, भेष्ट ५३ पिस , लेडिज ब्रा ५२८ पिस, लेडिज भेष्ट १८ पिस, कुर्थी १० पिस र लेडिज सर्ट १७ पिस फेला परेको थियो। ती सामानहरूसहित अन्दाजी २४ लाख बराबरको तीन वटा कार र त्यसका चालकहरू भारत पश्चिम बङ्गाल दार्जिलिङ जिल्ला पानीट्याङकी बस्ने ४२ वर्षीय रामदयाल बर्मन, सोही ठाउँका ३३ वर्षीय अमित राय र ४६ वर्षीय राजकुमार घोषलाई नियन्त्रणमा लिएको डीएसपी चन्दले बताए। 

त्यस्तै शनिबार साँझ ७ बजे मेचीनगर नगरपालिका ६ मेची पुलमा भारततर्फ अवैध रुपमा भन्सार छलेर लुकएर लग्दै गर्दा सिल्क एन्ड साइन क्रिम १२१ पिस र विभिन्न किसिमका किराना सामान गरी अन्दाजी एक लाख ५१ हजार बराबरको सामान बरामद गरी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.