उपसभामुख रानाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह

उपसभामुख रानाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न कांग्रेसको आग्रह
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ। पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले उपसभामुखमाथि प्रश्न उठेकाले राजीनामा दिनु उपयुक्त हुने निष्कर्ष निकालेको जानकारी दिए।

‘उहाँले आफू जाने कार्यक्रममा मैसँगै जाने मानिस भनेर त्यो कार्यक्रमसँग मान्छेहरूको बारेमा उपसभामुखजस्तो पदमा बसेर असम्बन्धित मानिसहरूलाई भिसाका लागि अमेरिकी दूतावासलाई चिठ्ठी लेखेर उपसभामुखले अनुचित काम गरेको विषयमा दुविधा छैन।’ उनले भने, ‘संसदलाई अपमानित गरेको हाम्रो बुझाइ छ। मुलुकको शीर पनि झुकाएको छ।’

उपसभामुख रानाले त्यस्तो कुनै सिफारिस गर्ने नमिल्ने कांग्रेसको ठहर छ। उनले भने,‘यो उहाँमाथि गम्भीर प्रश्न उठेको छ । उहाँले त्यस्तो कुनै सिफारिस गर्ने मिल्दैन। उहाँले मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ।’

साउनमा रानामाथि संसदमा प्रश्न उठेपनि गुपचुप जस्तै भएपनि तर पुन: हिजो जोडदार रुपमा संसदमा आएकाले पार्टीमा छलफल गरिएको उनको भनाई छ। 

उनले यो विषयमा सत्तारुढ दलको साझा धारणा बनाएर अगाडि बढ्ने उनको भनाई छ। त्यसपश्चात कांग्रेसको संसदीय दलको बैठकले थप निर्णय गर्ने बताए।

सांसदहरुले उपसभामुख रानाले आचरण विपरीत काम गर्दै आएको प्रश्न संसद बैठकमै उठाएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध मानव तस्करी गर्न सघाएको भन्दै उजुरी परेको छ। यस अगाडि पनि उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको उजुरी परेको थियो।

अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था सीएसडब्लूको वार्षिक सत्रमा भाग लिन उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। तर, दूतावास भिसा भने नदिएको पाइएको छ। पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै उनीहरूले गत वैशाखमा रास्वपाका नेताहरुलाई  गुनासो गरेपनि विषयलाई गुपचुप राखेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तत्कालीन महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि राज्यले छानबिन गर्नुपर्ने बताएका थिए। उनले ढकालले ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरेको दाबी गरे। उनले ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित रहेको उल्लेख गर्दै आएका छन्। 

पीडितका अनुसार १ वर्ष अगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो  र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएको ढकालको भनाई छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.