संवैधानिक परिषद्‍मा बहुमत पुग्दैन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन खोजियो : रास्वपा

संवैधानिक परिषद्‍मा बहुमत पुग्दैन भनेर उपसभामुखमाथि महाअभियोग लगाउन खोजियो : रास्वपा
फाइल तस्बिर।

काठमाडौं : सत्ता गठबन्धनले उपसभामुख इन्दिरा रानामगरमाथि महाअभियोग लगाउन लागेको रास्वपाले आशंका गरेको छ। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले  मिडियामा उपसभामुखमाथि महाअभियोग लगाउने तयारी भएको समाचार आएको भन्दै राज्य पनि लोकतन्त्रमाथि आक्रमण गर्न लागेको दाबी गरेका हुन्। 

‘सम्मानित पदलाई संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिया भन्ने राजनीतिक पार्टीहरु गुपचुपमा उपसभामुखलाई हटाउने जुन कर्म गर्दै हुनुहुन्छ। रास्वपाले एउटा राजनीतिक मुद्दाले गुमाउँला, देशले उपसभामुख पद गुमाउँला तर लोकतन्त्रका लागि रास्वपा जनताको पक्षमा लड्ने छ।’

परियारले नेपाली लोकतन्त्रको हुर्मत मिडियाबाट लिने हो ? भन्दै प्रश्न गरे। उनले भने,‘लोकतन्त्रलाई सल्लाह गरेर मारिन्छ भने तमाम नेपाली जनता सडकमा ओर्लिनेछन् र राजनीतिक दलप्रति आन्दोलनमा उत्रनेछन्।’

रानामगरविरुद्ध मानव तस्करी गर्न सघाएको भन्दै राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी

यस अगाडि सांसदहरुले उपसभामुख रानाले आचरण विपरीत काम गर्दै आएको प्रश्न संसद बैठकमै उठाएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध मानव तस्करी गर्न सघाएको भन्दै उजुरी परेको छ। यस अगाडि पनि उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको उजुरी परेको थियो।

अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था सीएसडब्लूको वार्षिक सत्रमा भाग लिन उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। तर, दूतावास भिसा भने नदिएको पाइएको छ। पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै उनीहरूले गत वैशाखमा रास्वपाका नेताहरुलाई  गुनासो गरेपनि विषयलाई गुपचुप राखेको थियो।

सांसद रामहरी खतिवडाले संसद भिसा सहजीकरणको कन्स्ल्टेन्सी नहुने भन्दै यो विषयमा तत्काल छानबिन हुनुपर्ने भन्दै राजीनामा माग गरेका थिए। उनले भनेका थिए,‘संसद भीसा सहजीकरणको कन्स्ल्टेन्सी र उपसभामुखको  कार्यालय हुन सक्दैन।  के कसो भएको हो तत्काल छानबिन होस्।’

मुकुल ढकाल भन्छन् : रकम लेनदेन भएको छ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले उपसभामुख इन्दिरा रानामाथि राज्यले छानबिन गर्नुपर्ने बताएका थिए। उनले ढकालले ९ लाख रूपैयाँ उपसभामुख सचिवालयले लिएको र त्यसलाई फिर्ता गरेपछि पीडितले बयान दिन र थप सम्पर्कमा आउन इन्कार गरेको दाबी गरे। उनले ९ लाख फिर्ता भएको बैंक स्टेटमेन्ट अझै पनि पीडितसँग सुरक्षित रहेको उल्लेख गर्दै आएका छन्। 

पीडितका अनुसार १ वर्ष अगाडि उपसभामुख सचिवालयले अमेरिका पठाइदिने भन्दै उहाँसँग पैसा लिएको थियो  र अमेरिका भिसा नलागेपछि कहिले बेलायत त कहिले अर्को कुनै देश पठाइदिने भन्दै उपसभामुख सचिवालयले अलमलाएका कारण आफ्नो पैसा फिर्ता गराइदिन भन्दै पार्टीको सम्पर्कमा आएकी ढकालको भनाई छ। 

यहि विषयलाई पछिल्लो समयमा सत्ता गठबन्धनको बैठकमा छलफल भएको स्रोतको भनाई छ। संसदमा विषय बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि रानाको विषयमा छलफल र बचाउ गरेको थियो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.