प्रतिनिधि सभामा सांसदको माग : उपसभामुख रानामगरले मार्ग प्रशस्त वा राजीनामा गर्नुपर्छ

प्रतिनिधि सभामा सांसदको माग : उपसभामुख रानामगरले मार्ग प्रशस्त वा राजीनामा गर्नुपर्छ
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : मानव तस्करीको आरोप लागेकाले उपसभामुख इन्दिरा रानामगरले मार्ग प्रशस्त गर्नुपर्ने सांसदहरुले माग गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा सांसद सूर्यप्रसाद ढकालले उपसभामूख रानामाथि मानव तस्करीको आरोप लागेकाले मार्ग प्रशस्त गर्नुपर्ने माग गरेका हुन्।

उनले भने ‘अहिले सदनभित्र र सदन बाहिर उपसभामुखको कुरा उठिरहेको छ, नैतिकताको कुरा उठिरहेको छ। पदीय मर्यादाको कुरा उठेको छ। मानव तस्करी गरेको कुरा उठेको छ। उपसभामुख जस्तो व्यक्तिको बारेमा सदनभित्र र सदन बाहिर प्रश्न उठ्दा उपसभामुखले मार्ग प्रशस्त गर्न वा राजीनामा दिन जोडदार माग गर्न चाहन्छु।’

सांसद गोकुल बास्कोटाले पनि उपसभामुख रानाले राजीनामा दिनु उपयुक्त हुने बताए। उनले उपसभामुखसँग नैतिकता भए पदबाट मार्गप्रशस्त भए के बिग्रन्छ भन्दै प्रश्न गरे। उनले निर्दोष भए नैतिकता उच्च रहने बताए। उनले आफूलाई पनि प्रश्न उठ्दा राजीनामा दिएको स्मरण गराए। उनले प्रश्न उठ्दा लोकतन्त्रमाथि चिर हरण नहुने दाबी गरे।

यसैगरी सांसद हेमराज राईले उपभामुखको विषय उ सत्य तथ्य सदनमा जानकारी गराउनुपर्ने माग गरे। उनले भने,‘उपसभामुखको सन्दर्भमा उठेको विषय सदनमा पहिले चलेको विषय हो। यो विषय के कस्तो हो। उपभामुखले सत्य तथ्य सदनमा जानकारी गराउनुपर्छ।’

यसैगरी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुख रानालाई संसद्लाई हटाउन लागिएको भन्ने विषय मिडियामा आएको भन्दै स्पष्ट पार्नुपर्ने माग गरे। उनले भने,‘उपसभामुखबाट हटाउने कुरा मिडियामा आएको हेरियो। यो सत्य हो भने यसको हाम्रो दल तीव्र प्रतिवाद गर्दछ। यसको विरोध गर्दछ। यस विषयमा स्पष्ट पार्न उपसभामुखलाई आग्रह गर्न चाहन्छु।’

यता बैठकको सुरुवातमै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख इन्दिरा रानामगरमाथि महाअभियोग लगाउन लागेको आशंका गरेका थिए। परियारले नेपाली लोकतन्त्रको हुर्मत मिडियाबाट लिने हो ? भन्दै प्रश्न गरे। उनले भने,‘सम्मानित पदलाई संवैधानिक परिषदमा आफ्नो बहुमत पुग्दैन भन्ने नाममा लोकतन्त्रका लागि लडेका आफूलाई मसिया भन्ने राजनीतिक पार्टीहरु गुपचुपमा उपसभामुखलाई हटाउने जुन कर्म गर्दै हुनुहुन्छ। रास्वपाले एउटा राजनीतिक मुद्दाले गुमाउँला, देशले उपसभामुख पद गुमाउँला तर लोकतन्त्रका लागि रास्वपा जनताको पक्षमा लड्ने छ।’

यस अगाडि सांसदहरुले उपसभामुख रानाले आचरण विपरीत काम गर्दै आएको प्रश्न संसद बैठकमै उठाएका थिए। राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध मानव तस्करी गर्न सघाएको भन्दै उजुरी परेको छ। यस अगाडि पनि उपसभामुख रानाले पदको दुरुपयोग गरी काठमाडौंस्थित अमेरिकी राजदूतावासमा गैरसंसद् पाँच जनालाई अमेरिकामा लग्ने गरी पत्र लेखेको उजुरी परेको थियो।

अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्था सीएसडब्लूको वार्षिक सत्रमा भाग लिन उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि जान लागेको भन्दै उनले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन्। तर, दूतावास भिसा भने नदिएको पाइएको छ। पैसा दिएको तर अमेरिका जान नपाएको भन्दै उनीहरूले गत वैशाखमा रास्वपाका नेताहरुलाई  गुनासो गरेपनि विषयलाई गुपचुप राखेको थियो।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.