नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने एमालेको घोषणा

सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र हुन् : अध्यक्ष ओली

सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र हुन् : अध्यक्ष ओली
तस्बिर : अभिषेक महर्जन

ओलीले भने, ‘माधव नेपाल पार्टीबाट फुटेर गएका हुन्, पुष्पलाल फुटेका होइनन्।’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताएका छन्। नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन्।

ओलीले जनता आफैंले पहिलो पटक बनाएको संविधान सभाको नेतृत्व नेम्वाङले गरेको सुनाए। उनले भने,उहाँ कुर्सीमा मात्र अध्यक्षता गर्नुभएको थिएन । वैचारिक नेतृत्व पनि गर्नुहुन्थ्यो। त्यसैले सुवासचन्द्र नेम्वाङजी इतिहासले सम्झिरहने पात्र हुनु हो।’

null

ओलीले राम्रा विचार ल्याउँदा कोही संकिर्ण हुन नहुने बताए। उनले भने,‘उहाँका स्मृति ताजै राख्नका लागि र उहाँको सम्झना/ आदर्श पछ्याएर केहि काम गरिरहनका लागि हामी सुवासचन्द्रका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्छौं।’उनले भने,‘नाम मात्रका लागि होइन, प्रतिष्ठान बनायो छोड्यो होइन। नेताका लागि प्रतिष्ठान हुने तर देशका लागि नहुने बनाउन हुँदैन।’

null

उनले निष्क्रिय रहेका प्रतिष्ठानलाई सक्रिय बनाउने धारणा राखे। माधव नेपाल पुष्पलाल प्रतिष्ठानको अध्यक्ष भएको र प्रतिष्ठान पार्टीलाई छोड्नुपर्नेमा पार्टी फुटाएर जाँदा कब्जा गरेको उल्लेख गरे। उनले भने, ‘पुष्पलाल प्रतिष्ठान पार्टीले बनाएको हो, खेलो फड्को गर्दै माधव नेपाल जस्ता मान्छेहरू अध्यक्ष भए, पार्टीलाई त्यो प्रतिष्ठान सरक्क छोड्नुपर्ने ठाउँमा निजी प्रपर्टी जस्तो। पुष्पलालजी फुट्नुभएको हो र ? पार्टीबाट माधव नेपाल पो फुट्नुभएको त। पुष्पलाल त फुट्नुभएको होइन नि। पुष्पलाल प्रतिष्ठान बोकेर लिएर जाने ? कसैलाई कब्जा गरेर बस्न दिनु हुँदैन।’

उनले आमजनताले समाजको गति र परिवर्तनलाई पछाडि फर्काउन नसक्ने धारणा राखे। ‘समाज गतिशिल र प्रगतिशिल छ। कहिले कहिले केहि प्रतिगामी तत्व, असामाजिक तत्व र जनविरोधी तत्वहरुले गर्दा देशको बारेमा नसोच्ने, आफ्नो मात्र सोच्ने अवान्छित क्रियाकलापबाट समाजमा हावी हुन सक्छन्। अगाडि बढिरहेका गतिमा ब्रेक लाग्न सक्छ तर समाजले त्यसलाई हटाइदिन्छन्। यी कहिलेकाही हुने आकस्मिक घटना हुन्।’

नेम्वाङको प्रथम स्मृतिमा सांसद र नेताहरुले श्रद्धाञ्जली अर्पण गरेका थिए।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.