‘हिंसा’ शब्दबारे माओवादी टिप्पणीमा प्रधानमन्त्रीको प्रश्न : ‘बम विस्फोट भन्न नहुने हो ?’

‘हिंसा’ शब्दबारे माओवादी टिप्पणीमा प्रधानमन्त्रीको प्रश्न : ‘बम विस्फोट भन्न नहुने हो ?’

काठमाडौं : ‘हिंसा’ शब्दमा भइरहेको गलफतिलाई लक्षित गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको बम विस्फोटको घटना स्मरण गराएका छन। प्रतिनिधिसभामा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाँचथरमा दुई बालबालिकाको निधन बम विस्फोटबाट भएको भन्न हुने कि नहुने भन्दै प्रश्न गरे।  

‘प्राकृतिक विपत्ति पनि होइन, पाँचथरमा दुई जना  बालबालिकाको निधन भयो। अहिले त्यति भनौं। कसरी निधन भयो भन्ने अब पछि कुरा गरौंला। बम विस्फोटबाट भन्न हुने हो कि नहुने हो ? यहाँ त अन्योल भइराखेको छ। तर, बम विस्फोटबाट दुई बालबालिकाको मृत्यु भयो,’ उनले भने, ‘म दुःख व्यक्त गर्न चाहन्छु। उहाँका परिवारजनलाई सरकारले पाँच÷पाँच लाखका दरले क्षतिपूर्ति दिने र दुई जना अरू घाइते छन्। उनीहरूको उपचारको जिम्मा सरकारले लिनेछ।’

एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगश भट्टराईले ‘हिंसा’ शब्द बोलेपछि संसद्मा हंगामा नै हुँदै आएको छ। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ सहितका नेताले यसको कडा आलोचना गर्दै आएका छन्। हिंसा शब्दको विषयमा माओवादी केन्द्र र एमालेका नेताबीच भनाभन, विवाद हुँदै आएको छ।  यो शब्दमाथि नियमापति जनाउँदै केन्द्र माओवादी केन्द्रले संसदको रेकर्डबाट  हिंसा शब्द हटाउन माग गरेको थियो। तर, सभामुख देवराज घिमिरेले यो असंसदीय शब्द नभएको भन्दै हटाउनु नपर्ने बताएपछि माओवादी केन्द्र थप आक्रोसित हुँदै आएको छ। 

उसले संसद् नै अबरोध गरेको छ। केही दिनयता संसद् अवरुद्ध गरिरहेको माओवादी केन्द्रले प्रधानमन्त्री ओली अमेरिकामा हुन गइरहेको संयुक्त राष्ट्र संघको महासभामा जानुअघि देशका नाममा गर्ने सम्बोधन भनेपछि अवरोध नगर्ने बताएर सोमबारको सदन चल्न दिएको छ। 

संसद्मा बोल्दै प्रधानमन्त्री ओलीले  प्रतिस्पर्धा स्वस्थ हुनुपर्ने बताए। उनले भने, ‘प्रतिस्पर्धा स्वस्थ हुनुपर्छ। प्रतिस्पर्धा भनेको झुटो कुराको बखान होइन। झुटा आरोप, लाञ्छना प्रतिस्पर्धा होइन। कुइनो हानाहान, छिर्के लडाउने प्रतिस्पर्धा होइन। प्रतिस्पर्धा दौडनु हो।’ उनले एनार्किज्म र डेमोक्रेसी छुट्याउन सक्नुपर्ने बताए। ‘अराजकता डमोक्रेसी होइन,’ उनले भने। 

‘हामी स्वतन्त्रताका हकहरूको पक्षमा छौं। वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता तर सामाजिक मर्यादाका प्रबन्धहरू हामी मान्छौँ। हामी एनिमल मात्रै होइन।   हामी सचेत जीव हो । हामीले समाज विकास गरेका छौं।’ उनले भने, ‘समाजले स्थिति र मूल्यमान्यता विकास गरेको छ। हामी ती मूल्य मान्यता, हाम्रा सुन्दर संस्कृति, र परम्पराहरूलाई भत्काउन सक्दैनौं।’ उनले  बेठीक र अनुपयुक्त भइसकेका पक्षहरूलाई हटाउँदै ठीक कुराहरूलाई जर्गेना गर्दै अगाडि बढ्ने बताए। 

उनले २०१९ मा डाभोस इकोनोमिक समिटमा जाँदा न्युयोर्क टाइम्सका अन्तर्वार्ताको प्रसंग पनि कोट्याए। उनले भने, ‘प्रेस स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, वाक स्वतन्त्रता, अभिव्यक्ति स्वन्त्रता आदिका बारेमा त्यस बेला पनि भनेको थिए। पत्रकारिता स्वतन्त्र छ। तर, पीत पत्रकारिता, झुटो पत्रकारिता, समाजमा बेठीक कुराहरू फैलाउने पत्रकारितााई हामीले अलिकति सोध्नै पर्छ, सोधीखोजी गर्नै पर्छ।’ उनले पत्रकारिता विकृत हुँदै गएको बताए।

उनले भने, ‘झुटा कुराहरूको खेती गरेर समाजको सम्बन्ध बिगार्ने, मान्छेहरूका परिवार बिगार्ने, पारिवारिक सम्बन्ध बिगार्ने, साथीहरूका सम्बन्ध बिगार्ने आदि कुराहरू, अरुका कुराहरू अनावश्यक व्यक्तिगत इष्युहरूलाई पनि खोजेर उछालेर नभएका कुराहरू पनि जोडिजोडिकन दिने प्रकारका क्रियाकलापहरू उचित हुँदैनन्।’ उनले उठ्दै नउठेको कुरालाई पनि प्रस्ताव भनेर मिडियाका आएको भन्दै असन्तुष्टि जनाए। उनले भने, ‘उठ्दै नउठेका कुराहरूमा प्रस्ताव नै नआएको कुरामा छलफल कसरी चलेको हो, त्यो मैले बुझेको छैन। 

प्रस्ताव पनि आएको छैन। छलफल पनि भएको छैन। कसैले विषय उठान नै गरेको छैन। उठान नै नगरेका विषयमा उत्पातै । मैले त हेरिराखेको थिएँ, के भएको होला। उठाएकै छैन। त्यो विषयमा कसैले के भनेर छलफल गर्‍यो भनेर त्यो छलफल संसद्मा आएर भएको पनि होइन, कहीँ कसैले कुरा गरे अरे भनेको सुन्दाखेरी के कुरा गरेका थियौं, किन यस्तो कुरा गर्‍यो, ए बाबा ! त्यो कस्तो हो ?   संसद्मा कुरा उठ्छ, के विषयमा भनेर मान्छेले छलफलमा यस्सो बोल्न पनि के रहेछ भनेर सोध्न पनि नपाउने ?   

उनले आलोचनाको हद हुने बताए। ‘बोलौ ठीक छ। आलोचना गरौं। तर, भाषाको सीमा हुन्छ होला। हामी सभ्य नेपाली समाजमा छानिएका सभ्य प्रतिनिधि हौं।’ 

उनले भने, हाम्रा क्रियाकलाप र बोली व्यवहारमा समाजले एउटा नमुना प्रतिबिम्बको अपेक्षा खोज्ला।  आफ्नो सभ्यताको, शिष्टताको, मर्यादाको प्रतिबिम्ब सांसदहरूबाट आयो भन्ने जनताले ठान्नु पर्ला ।’ 

प्र‍तिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रसंघको वडापत्रको पालना गर्दै अरुको आन्तरिक मामिलामा हस्ताक्षेप नगर्ने र अरुको हस्तक्षेप पनि स्वीकार नगर्ने नेपालको नीतिबारे स्पष्ट गराउने बताए। 

उनले नेपालको संविधान, लोकतान्त्रिक मान्यता, सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रको पहिचान, न्यायोचित राष्ट्रिय हित र अन्तर्राष्ट्रिय प्रतिबद्धताका विषय राख्ने बताए। प्रधानमन्त्री ओलीले आफूहरूले देश र जनताका लागि राजनीतिक गर्ने तथा आजका लागि र त्योभन्दा बढी भोलिका लागि राजनीति गर्ने भएकाले यस तथ्यलाई मनन् गरेर अन्तर्राष्ट्रिस्तरमा प्रतिनिधित्व गर्ने स्पष्ट गरे। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.