कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको सिफारिस

कांग्रेस उपसभापति धनराज गुरुङमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको सिफारिस
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङमाथि पनि थप अनुसन्धान गर्न सरकारलाई सिफारिस गरेको छ। झण्डै साढे तीन महिना लगाएर सोमबार प्रतिनिधि सभामा पेश गरिएको प्रतिवेदनमा पूर्वमन्त्री गुरुङमाथि पनि थप अनुसन्धान गर्नुपर्ने उल्लेख छ।

समितिका एक सदस्यका अनुसार उनकी पूर्वपत्नी सञ्चालक रहेको सहकारीको बचत अपचलनमा गुरुङको समेत संलग्नता रहेको सार्वजनिक भएको थियो। समितिले छानबिन गरिरहेका बेला ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरूङले धनराज गुरुङ र ज्योति गुरुङ दम्पतिले बचत रकम अपचलन गरेको बयान र उजुरी दिएपछि संसदीय छानबिन विशेष समितिले समेत सहकारीको स्थलगत अध्ययन गरेको थियो। 

सहकारीका अध्यक्ष गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित छानबिन समितिमा धनराज र उनकी श्रीमती ज्योति सगोलमा रहँदाका बखत रकम दुरूपयोग भएको बयान दिएपछि उनले ऋण लिएको खुलेको थियो। कांग्रेस उपसभापति समेत रहेका धनराज र उनकी श्रीमती ज्योतिमाथि सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ। सांसद गुरूङले ज्योति गुरूङसँग सम्बन्ध विच्छेद भइसकेकाले उनले गरेका गतिविधिसँग आफ्नो नाम मुछ्नु अन्यायपूर्ण हुने जिकिर गरेपनि सम्बन्ध विच्छेदपश्चात पनि गुरुङ आफैँ सहकारी पुगेर किस्ता तिरेको खुलेको हो। 

समितिका सदस्यका अनुसार प्राप्त प्रमाणका आधारमा गुरुङमाथि अनुसन्धान गर्न समितिले सिफारिस गर्ने सहमति गरेको हो। नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले छानबिन समितिले दिएको प्रतिवेदनअनुसार गलत गर्नेहरू कसैलाई पनि छाड्न नहुने प्रतिक्रिया दिएका छन्। सत्तापक्ष होस् वा विपक्ष जोसुकै भए पनि कारबाहीको दायरामा आउनुपर्ने उनले उल्लेख गरे। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.