माओवादी सांसदको आरोप : १४ करोड पचाउनका लागि धनराज गुरुङले कानुनी रुपमा सम्बन्धबिच्छेद गरे

माओवादी सांसदको आरोप : १४ करोड पचाउनका लागि धनराज गुरुङले कानुनी रुपमा सम्बन्धबिच्छेद गरे
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहालले कांग्रेस उपसभापति धनराज गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको टिप्पणी गरेका छन्।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै दाहालले गुरुङ केहि समयअघि सम्बन्धबिच्छेद भएको भनिएको श्रीमतिसँग देखिएको भन्दै गुरुङको ‘सहकारी सम्बन्धबिच्छेद’ भएको बताएका हुन् । उनले छोराको बिहेमा गुरुङ र उनकी श्रीमतीसँगै देखिएकाले २०७६ सालपश्चात भेट नभएको भन्नु गलत दाबी भएको बताए।

१४ करोड पचाउनका लागि मात्रै गुरुङले कानूनी रुपमा सम्बन्धबिच्छेद गरेको उनले आरोप लगाए। दाहालले सहकारी ठगी प्रकरणमा गुरुङको संलग्नता देखिएकाले अनुसन्धान हुनुपर्ने बताए।

उनले सहकारी छानविन समितिमा सहकारी ठगिसम्बन्धी पर्याप्त प्रमाणहरु जुटेको भन्दै कारवाहीका लागि सिफरिस गरिने बताए । छानविन समितिका सदस्य समेत रहेका दाहालले कसैलाई जोगाउने वा फसाउने नियत नराखि अन्तिम प्रतिवेदन तयार गर्ने जानकारी दिए ।

कांग्रेस सांसद धनराज गुरूङले सहकारीको रकम अपचलन गरेको आफूमाथि लागेको आरोपमा कुनै सत्यता नभएको बताएका छन्। ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरूङले सहकारीको बचत दुरूपयोगको छानबिन गर्न गठित छानबिन समितिमा धनराज गुरूङ र उनकी श्रीमती ज्योति गुरूङ सगोलमा रहँदाका बखत रकम दुरूपयोग भएको बयान दिएपछि आज गुरुङले त्यसको जवाफ संसदलाई दिएका हुन्।  कांग्रेस उपसभापति समेत रहेका धनराज र उनकी श्रीमती ज्योतिमाथि सहकारीको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।  सांसद गुरूङले ज्योति गुरूङसँग सम्बन्ध विच्छेद भइसकेकाले उनले गरेका गतिविधिसँग आफ्नो नाम मुछ्नु अन्यायपूर्ण हुने जिकिर गरे।

उनले सहकारीको रकम अपचलनको छानबिनमा आफूले सक्दो सहयोग गर्ने बताए। उनले भने,'समस्या समाधान गर्न  संस्थाको अध्यक्ष, प्रबन्ध निर्देशक,सञ्चालक समितिका सदस्यहरू क-कसलाई छानबिन गर्नुपर्ने हो तुरून्त छानबिन गरियोस् । यदि यो विषयमा ममाथि कुनै आशंका छ भने ममाथि पनि छानबिन गरियोस्। कुनै पनि गल्ती गर्ने व्यक्तिलाई उन्मुक्ति दिनु हुन्न भन्ने विषयमा म अडिग छु।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.