इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद नगरेको एनसेलको दाबी

इन्टरनेट सेवा प्रदायक कम्पनीको सेयर खरिद नगरेको एनसेलको दाबी
सुन्नुहोस्

काठमाडौं : एनसेलले एक इन्टरनेट सेवा प्रदायक कम्पनीको शेयर खरिद गरेको दाबी गर्दै प्रकाशित भएका समाचारहरू अपरिपक्व र अनुमानमा आधारित भएको जनाएको छ।

एनसेलले ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्ने सोचका साथ बजारमा अवसरहरूको खोजी गरिरहेको हुँदा, यस सम्बन्धमा गहन छलफल र मूल्याङ्कनको प्रक्रियाको माध्यमबाट सम्पन्न गर्ने कुरामा समेत कम्पनी प्रतिबद्ध रहेको जनाएको छ । नेपाल सरकार तथा दूरसञ्चार उद्योगको रणनीतिक उद्देश्यसँग मेल खानेगरी आवश्यक निर्णय हुने कुरा सुनिश्चित गर्नु आफ्नो लक्ष्य रहेको उल्लेख गरेको छ । 

एनसेलले नेपालमा बढ्दो डिजिटल इकोसिस्टममा योगदान पुर्‍याउन निरन्तर कार्य गरिरहेको छ । आफ्ना सेवाहरु विस्तार गर्दै आम उपभोक्तादेखि व्यापार व्यवसायलाई सशक्त बनाउँदै अन्ततः थप कनेक्टेड र डिजिटल रूपमा समावेशी नेपालको विकासमा योगदान दिन सक्ने कुरामा आफूहरु विश्वस्त रहेको एनसेलले जनाएको छ ।

'एक जिम्मेवार सेवा प्रदायकको रूपमा, एनसेलले सधैं पारदर्शिता र सबै सरोकारवालाहरूमाझ सही सूचना प्रवाहलाई प्राथमिकता दिँदै आएको छ । विकसित  घटनाक्रम अनुसार आवश्यक समयमा  उपयुक्त जानकारीहरू प्रदान गर्ने नै छौं । ', एनसेलको प्रेस विज्ञप्तिमा भनिएको , 'हाम्रा निर्णयहरू सधैं नेपाल राज्य, ग्राहकवर्ग र सरोकारवालाहरूसँग सम्बन्धी हुने भएकोले हामीसँग सम्बन्धित समाचारहरु प्रकाशन, प्रसारण गर्नु अघि हाम्रो आधिकारिक धारणा बुझिदिन हुन सञ्चारका माध्यमहरुलाई अनुरोध गर्दछौं ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.