यी हुन् भेन्टिलेशन फोडेर प्रहरीको हिरासतबाट भागेका थुनुवा

यी हुन् भेन्टिलेशन फोडेर प्रहरीको हिरासतबाट भागेका थुनुवा
सुन्नुहोस्

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सवा ३ बजे राति १० जना थुनुवा फरार भएका छन् । धनुषा प्रहरीको नयाँ भवनबाट १० फिट माथिको भेन्टिलेशनको रड काटेर १० जना कैदी फरार भएकामध्ये एक जना पक्राउ गरेका छन् । 

प्रहरीको हिरासत कक्षबाट भाग्नेहरुमा धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका २० रुपैठा हाल काठमाडौं चावहिल गणेश मन्दिर नजिक बस्ने २५ वर्षीय अमित कुमार झा (लागु औषध), धनुषाको विदेह नगरपालिका-७ गिद्धाका २६ वर्षीय रञ्जित मण्डल (लागु औषध), २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा जिल्ला सिरहा नगरपालिका- १३ का ३३ वर्षीय अभास्कर कुमार यादव (लागु औषध) र धनुषाको औरही नगरपालिका-२ का २३ वर्षीय विशाल मुखिया फरार भएका छन् । 

यसैगरी अन्य फरार हुनेहरुमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका- १ का १७ वर्षीय सुमित मेस्तर नाबालक (अभद्र व्यवहार), धनुषा जिल्ला नगराईन नगरपालिका-२ का १८ वर्षीय मनिष मण्डल (अभद्र व्यवहार) र धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका- ४ का २२ वर्षीय विक्की कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

धनुषाको हिरासत कक्षको डियूटीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ७ सदस्यीय टोली रहने गरेको स्रोतको दाबी छ । हिरासतबाट फरार अभियुक्त खोज्न सिमा क्षेत्र तथा जिल्ला अन्य स्थानहरुमा व्यापक प्रहरी परिचालन गरी खोजी कार्य तिव्र गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.