युवा बिना मुलुकको रुपान्तरण हुँदैन, राष्ट्र निर्माणमा एकजुट बनौं : प्रधानमन्त्री ओली

युवा बिना मुलुकको रुपान्तरण हुँदैन, राष्ट्र निर्माणमा एकजुट बनौं : प्रधानमन्त्री ओली
तस्बिर : प्रधानमन्त्री सचिवालय

न्युयोर्क : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू बिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेको बताएका छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा पुगेका प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा सम्बोधन गर्दै युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गरेका हुन्।

प्रधानमन्त्री ओलीले भने, ‘रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएका छौं। युवाहरू बिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा स्पष्ट छु। राष्ट्र निर्माणमा एकजुट होऔं।’

उनले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न आग्रह गरे। ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जानकारी गराए।null

‘नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन। बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हाँसिल गर्न सक्नेछौँ’, प्रधानमन्त्री ओलीले भने, ‘हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ। भारत र चीनजस्ता आर्थिक शक्ति राष्ट्रका छिमेकी पनि हौँ। त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ।’

उनले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको बताए।

 null

उनले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठूला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने सङ्कल्प लिएको जानकारी दिए। ओलीले भने, ‘नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक हामीसँग अरु कुनै अभिष्ट छैन। समृद्धिको यात्रामा हामी पूर्ण कटिबद्ध रहेका छौँ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.